२६ जेठ २०८३, मंगलबार

राप्रपा विवाद : लिङ्देनको निर्णयलाई चुनौती दिँदै सुवेदीपछि गिरी पनि आयोगमा

साउन ४, २०८२
काठमाडौं
राप्रपा विवाद : लिङ्देनको निर्णयलाई चुनौती दिँदै सुवेदीपछि गिरी पनि आयोगमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्षबाट कारबाही गरेका मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन् ।

आफूलाई हटाउने राप्रपाको निर्णय विधानविपरीत रहेको भन्दै गिरीले आइतबार आयोगमा उजुरी दिएका हुन् । प्रवक्ताबाट कारबाही गरिएका सगुन लावतीसँगै गिरी आयोग पुगेका हुन् ।

अध्यक्ष लिङ्देनले गिरीलाई शुक्रबार उपाध्यक्षबाट हटाएका थिए । यसअघि अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदी गत साता निर्वाचन आयोग पुगेका थिए ।

पछिल्लो समय राप्रपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । महामन्त्री धवलशमशेर राणा पक्षले अध्यक्ष लिङ्देनले पार्टीमा एकलौटी गरेको आरोप लगाउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्