२६ जेठ २०८३, मंगलबार

वर्षा शुरू भएसँगै अस्पतालमा सर्पदंशका बिरामी बढे

साउन ५, २०८२
चितवन
वर्षा शुरू भएसँगै अस्पतालमा सर्पदंशका बिरामी बढे

चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा शुरू भएसँगै अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।

अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाख ६०  र जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । 

तीमध्ये पाँच जना विशालु सर्पले डसेका थिए । यस्तै, असार महिनामा एक सय २६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये नौ जना विषालु सर्पले डसेका बिरामी रहेको मियाँले जानकारी दिए।

अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तनहुँ, गोरखा लमजुङ्देखिका आउने गरेका छन् । 
अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षणअनुसार उपचार गरिने गरेको उनले बताए ।

विशालु सर्पअन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपर लगायतका सर्पहरूले टोक्ने गर्दछ । करेत र गोमन, कोभ्राले टोक्दा  बिरामीको नशालाई असर पुर्‍याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने उनले बताए ।
 
विशालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमानै राखेर उपचार गरिँदै आएको छ । 

अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । यस अस्पतालमा सर्पदंशको उपचार राम्रो हुने भएकाले यहाँ बिरामी धेरै आउने गरेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्