२७ जेठ २०८३, बुधबार

बाबुरामसँग हार्दा पनि खुसी छन् नारायणकाजी, कारण यस्तो

मंसिर २३, २०७४
बाबुरामसँग हार्दा पनि खुसी छन् नारायणकाजी, कारण यस्तो

काठमाडौं, २३ मंसिर– गोरखा–२ बाट वाम गठवन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले आफ्नै पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँग पराजित भएका छन् । 

नेकपा माओवादीले शुरु गरेको ‘जनयुद्ध’को उद्गमथलो मानिने गोरखामा माओवादी नेताको हारलाई धेरैले आश्चर्यका रुपमा पनि लिएका छन् । तर ‘जनयुद्ध’को नेतृत्वकर्ता मध्येका एक माओवादीका पूर्व नेता बाबुराम भट्टराईले चुनाव जित्नु पनि धेरै असमान्य नरहेको कतिपयको टिप्पणी छ । बाबुरामले गोरखाबाट यसअघि २०६४ र २०७० मा चुनाव जितेका थिए । तेस्रो पटक चुनाव जितेर यो वर्ष बाबुरामले ह्याट्रिक गरेका छन् । 

बाबुरामसँग पराजय ब्यहोरेका माओवादी नेताले आफ्नो हार स्वीकार्दै दुखी नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै नेता श्रेष्ठले एमाले र माओवादीको वाम गठवन्धनले देशभर विजयी हासिल गर्दा आफू खुसी रहेको श्रेष्ठको भनाइ छ । 

‘मैले सधै नेपाली कम्युनिष्ट आन्दोलनको एकीकरण र वाम गठबन्धनको पक्षमा प्रयत्न गरिरहें । व्यक्तिगत रुपमा मेरो पराजय भए पनि वाम गठबन्धनको शानदार विजयबाट म अत्यन्त खुसी छु । मेरा लागि यो नै ठूलो बिजय हो । बाम सरकारद्वारा समाजवाद उन्मुख समृद्धि हाँसिल गर्न र पार्टी एकता सफल पार्न लागिपर्नेछु,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्