२६ जेठ २०८३, मंगलबार

एमाले संगठन विभागले बुझायो महासचिवलाई प्रतिवेदन

साउन १३, २०८२
काठमाडौं
एमाले संगठन विभागले बुझायो महासचिवलाई प्रतिवेदन

नेकपा (एमाले) संगठन विभागले पार्टी महासचिव शंकर पोखरेललाई आफ्नो कार्य प्रतिवेदन बुझाएको छ।

पार्टीको आसन्न विधान महाधिवेशनको तयारीस्वरूप केन्द्रीय कार्यालयले सबै विभागलाई प्रतिवेदन बुझाउन दिएको निर्देशनअनुसार सोमबार संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले उक्त प्रतिवेदन महासचिव पोखरेललाई हस्तान्तरण गरेका हुन् । 

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्थायी कमिटी सदस्य एवं विभाग सदस्य भानुभक्त ढकाल, सचिव माधव ढुंगेललगायत नेताहरूको उपस्थिति थियो।

संगठन विभागको प्रतिवेदनमा पार्टीको संरचना, सदस्यता, संगठन विस्तार, कार्यशैलीमा सुधार र संगठन सुदृढीकरणका लागि अघि सारिएका योजनाहरू उल्लेख गरिएको बताइएको छ।

यसैबीच, अन्य विभागहरूले पनि क्रमशः आफ्ना प्रतिवेदनहरू बुझाउने क्रम जारी रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्