प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिँनै लाग्दा समानुपातिक तर्फको मतगणना पनि शुरु भएको छ ।
समानुपातिक तर्फको मतगणनामा पनि प्रतिनिधिसभा निर्वाचनमा अग्रता बनाएको नेकपा एमाले पहिलो स्थानमा रहेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहँदा तेस्रो स्थानमा माओवादी केन्द्र र चौथो स्थानमा नयाँ शक्ति पाँचौ
स्थानमा राष्ट्रिय जनता पार्टी, छैठौं स्थानमा राप्रपा र सातौ स्थानमा विवकशील साझा पार्टी रहेका छन् ।
पहिलो स्थानमा रहेको एमाले भन्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ३ हजार ५ सय १५ मतले पछि छ ।
समानुपातिकमा कसले कति मत पाए ?