
मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह बैठक बसेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली आजै राति तुर्कमेनिस्तान जाँदै छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान जानुअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद्को नियमित बैठक प्राय सोमबार र बिहीबार बस्ने गरेको छ ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ११:५५ बजे ‘फ्लाइ दुबई’को उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।