२६ जेठ २०८३, मंगलबार

झारखण्डका पूर्वमुख्यमन्त्री शिबु सोरेनको निधन, राज्यमा तीन दिने शोक घोषणा

साउन १९, २०८२
काठमाडौं
झारखण्डका पूर्वमुख्यमन्त्री शिबु सोरेनको निधन, राज्यमा तीन दिने शोक घोषणा

भारतको झारखण्डका पूर्वमुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चाका संस्थापक शिबु सोरेनको निधन भएको छ । दिल्लीको सर गंगा राम अस्पतालमा सोमबार बिहान सोरेनको निधन भएको उनका छोरा तथा झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ । मिर्गौला समस्याका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

'दिशोम गुरु' भनेर चिनिने शिबु झारखण्डको राजनीतिको एक बलियो स्तम्भ हुन् । उनले झारखण्ड मुक्ति मोर्चाको ब्यानरमा आदिवासीहरूको हक र अधिकारको लागि कडा संघर्ष गरेको समाचारमा उल्लेख छ ।

उनी तीनपटक राज्यका मुख्यमन्त्री बनेका थिए । उनी केन्द्रीय मन्त्री पनि भएका थिए । शिबुको जन्म ११ जनवरी १९४४ मा बिहारको हजारीबागमा भएको थियो । 

उनले १९७७ मा पहिलोपटक चुनाव लडेका उनी पराजित भएका थिए । यद्यपि, १९८० देखि, उनी लगातार धेरैपटक सांसद निर्वाचित भए ।

उनले बिहारबाट छुट्टै राज्य 'झारखण्ड' निर्माण गर्ने आन्दोलनमा पनि निर्णायक भूमिका खेलेका थिए । 

प्रधानमन्त्री नरेन्द्र मोदीले शिबु सोरेनको निधनमा शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले एक्समा लेखेका, 'शिबु सोरेन एक तल्लो तहका नेता थिए, जसले सार्वजनिक जीवनमा उचाइ छोए।'

सोरेनको निधनमा राज्यमा तीन दिने शोक घोषणा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्