२७ जेठ २०८३, बुधबार

ट्रम्पको शपथमा नौ लाख मानिस सहभागी हुने अनुमान, यस्तो हुनेछ कार्यक्रम

कात्तिक २०, २०७४
ट्रम्पको शपथमा नौ लाख मानिस सहभागी हुने अनुमान, यस्तो हुनेछ कार्यक्रम
काठमाडौं, ७ माघ–डोनाल्ड ट्रम्पले ४५ औं अमेरिकी राष्ट्रपतिको रुपमा नेपाली समय अनुसार आज राति शपथ ग्रहण हुँदैछ ।

नेपाली समय अनुसार आज राति पौने ११ बजे हुने सपथ ग्रहण भव्य हुने जनाइएको छ । वाशिंटनमा हुने शपमा लाखाैं मानिस ट्रम्पको शपथको साक्षी बन्ने छन् । सबैको नजर अमेरिकाको राजधानी वाशिंटनको ह्वाइट हाउसमा औपचारिक रूपमा ट्रम्प राष्ट्रपति बन्ने समहारोमा हुने छ ।

प्रक्रिया
प्रत्येका चार वर्षमा निर्वाचित राष्ट्रपतिले संयुक्त राज्य अमेरिकाको मुख्य न्यायाधीशले शपथ दिन्छन् । शपथ २० जनवरीको अमेरिकी समयको हिसवमा ठीक दुइृ बजे दिइने गरिएको छ ।

शपथ ग्रहणको समय तथा मिति संविधानमा व्यवस्था गरिएको छ । पहिले शपथ ग्रहणको तारिक चार मार्चमा हुने गरेको थियो । तर १९३३ मा २० औं संशोधनबाट मार्चबाट फेब्रुअरीमा सारिएको हो ।

कसरी हुन्छ शपथ

१९ जनवरीको साढे १० बजे लिंकन मेमोरियल नजिक एक सार्वजनिक कन्सर्टको आयोजना गरिन्छ । यसमा डीसी फयर डिपार्टमेन्ट थगा द रिपव्लिकन हिन्दू कोएलिशनसँग हाई स्कूल मार्चको कार्यक्रम आयोजना गरिने गरिन्छ ।
अमेरिकी समयको हिसावमा दुई बजेपछि चार बजे ट्रँप लिंकन मेमोरियल कन्सर्टलाई सम्बोधन गर्र्ने कार्यक्रम छ ।
साढे तीन बजे ट्रम्प तथा निर्वाचित उपराष्ट्रपति माइक पेंस आँर्लिगटन नेशनल सीमेट्रीमा महत्वपूर्ण अमेरिकी हस्तिलाई श्रद्धान्जलि दिन पुग्नेछन् ।

शुक्रबार विहान ट्रम्प व्लेयर हाउनका लागि निस्कने छन् ।

बिहान ट्रम्प सेन्ट जान्स एपिसकोल चर्च जानेछन् ।

चर्चबाट फकिर्एएसँगै ट्रम्प ह्वाइट हाउनमा ओवामासँग कफि खाने छन् ।

यसपछि ट्रम्प अमेरिकको राजधानीमा आयोजना हुने शपथ कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसपछि ट्रम्प नेशनल माल परेड हेर्न जानेछन् ।

२० जनवरीमा ट्रम्प ह्वाइट हाउस नजिकको जोन एपिस्कोल चर्च पुग्नेछन् । त्यसपछि उनी आफ्नी पत्नी मेलानियाका साथ ह्वाइट हाउमा प्रथम महिला मिशेलका साथ कफि पिउनेछन् । यसपछि उनी गाडीको स्कर्टिङसहित क्यापिटल तर्फ निस्कनेछन् ।

विहान साढे नौ बजे संगीत समारोहका साथ शपथग्रहण समारोह आयोजना हुनेछ ।

अमेरिकी समय अनुसार दिनको १२ बजे ट्रम्पले राष्ट्रपति पदको शपथ लिनेछन् । यसपछि ट्रम्पले राष्ट्रपतिका रुपमा पहिलो भाषण दिनेछन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको शपथ समहारोहमा आठ देखि नौ लाख मानिस सहभागी हुने अनुमान गरिएको छ । तर उनको समर्थन गर्न जान्छन् वा विरोध गर्न त्यहा जान्छन् भन्ने एकिन नभएका बीबीसीले जनाएको छ ।

ओबामाले जव राष्ट्रपतिको कमाण्ड समालेका थिए तव १.८ लाख मानिस वाशिंटन पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्