२६ जेठ २०८३, मंगलबार

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

साउन १९, २०८२
तनहुँ
तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

तनहुँका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । यस्तै जिपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । 

यहाँँको बन्दीपुर गाउँपालिका–१ सिम्ले घुम्तीमा आज बन्दीपुर गाउँपालिका–३ आहाले बस्ने ३८ वर्षीय रुपलाल भुजेल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्दीपुर डुम्रे सडकखण्डबाट करिब १५ मिटर तल बारीमा भुजेलको शव भेटिएको हो । 

यस्तै, भानु नगरपालिका–९ काउरेटार बस्ने १७ वर्षीया रमा कुमाल आज मृतावस्थामा भेटिएकी छन् । आइतबार राति शौचालय जान्छु भनी घरबाट निस्किएकी उनको शव पालुङटार नगरपालिका–९ स्थित मस्र्याङ्दी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । 

यसैगरी पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज दिउँसो बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ बस्ने ६६ वर्षीया निरमाया थापा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 

दमौलीबाट थर्पुतर्फ जाँदै गरेको बा १३ च ६७७८ नं को जिपले ठक्करले घाइते भएपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।  जिप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्