२६ जेठ २०८३, मंगलबार

कस्तो रहला आजको मौसम ?

साउन २४, २०८२
काठमाडौं
कस्तो रहला आजको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ र  पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

यस्तै कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ । 

यस्तै राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसमी बुलेटिनमा उल्लेख छ । 

यसबाहेक कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू(भाग र मधेश प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्