२६ जेठ २०८३, मंगलबार

त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द

साउन २६, २०८२
काठमाडौं
त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वितरण हुँदै आएको ‘भिजिटर पास’ बन्द गर्ने निर्णय गरेको छ। 

विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार साउन २७ गतेदेखि ड्युटी अफिसमार्फत भिजिटर पास वितरण कार्य पूर्ण रूपमा रोकिएको हो।

विमानस्थलले जारी गरेको सार्वजनिक सूचनामा भिजिटर पास वितरण बन्द भए पनि बृद्ध–बृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला तथा नाबालक यात्रुका लागि सहायता कक्षको सुविधा यथावत रहने स्पष्ट गरिएको छ। यस्तै, व्हिलचेयरसहित विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको समन्वयमा सहजीकरण गर्ने व्यवस्था कायम रहने उल्लेख छ।

कार्यालयले यात्रुहरूलाई आफ्नो हवाई टिकटमा उल्लेखित ‘चेक–इन ब्यागेज’ संख्या र अधिकतम तौलको सीमा अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।

यस निर्णयसँगै अब अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पासको व्यवस्था नभए पनि विशेष आवश्यकता भएका यात्रुहरूको सुविधामा भने कुनै कटौती नहुने विमानस्थल प्रशासनले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्