२६ जेठ २०८३, मंगलबार

दलाई लामालाई भेटेपछि चीनले चेक गणराज्यका राष्ट्रपतिसँग सम्बन्ध तोड्यो

साउन २८, २०८२
काठमाडौं
दलाई लामालाई भेटेपछि चीनले चेक गणराज्यका राष्ट्रपतिसँग सम्बन्ध तोड्यो

चीनले मंगलबार चेक गणराज्यका राष्ट्रपति पेटर पावेलसँगको सबै सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको छ। पावेलको तिब्बती आध्यात्मिक नेता दलाई लामासँगको हालैको भेटपछि यो निर्णय गरिएको हो।

यो भेटघाटलाई लिएर बेइजिङले चेक गणराज्यविरुद्ध कूटनीतिक विरोध दर्ता गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । 'चेक राष्ट्रपति पिटर पावेलले चीनको बारम्बार आपत्ति र कडा विरोधलाई बेवास्ता गर्दै भारत गए र दलाई लामालाई भेटे,' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पावेलको भनाइ छ, 'चीन यसको कडा निन्दा र विरोध गर्दछ। हामीले चेक पक्षसँग गम्भीर विरोध दर्ता गरेका छौं। पावेलको यो उत्तेजक कदमको गम्भीरतालाई ध्यानमा राख्दै, चीनले उनीसँगको सबै सम्पर्क अन्त्य गर्ने निर्णय गरेको छ।'

पावेलले जुलाई २७ मा लद्दाखमा दलाई लामालाई भेटेका थिए । चीनले सधैं नेताहरू र अधिकारीहरूलाई दलाई लामालाई भेटेको विरोध गर्दछ, जसलाई उसले पृथकतावादी मान्दछ।

चीन र चेक गणराज्यबीचको कूटनीतिक सम्बन्ध १९४९ मा स्थापित भएको थियो । १९९३ मा चेकोस्लोभाकियाको विभाजनपछि, चेक गणराज्यले स्वतन्त्र रूपमा चीनसँग सम्बन्ध कायम राखेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्