२६ जेठ २०८३, मंगलबार

कर विवादबीच महिना अमेरिका जाने तयारीमा मोदी

साउन २८, २०८२
काठमाडौं
कर विवादबीच महिना अमेरिका जाने तयारीमा मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को महिना अमेरिका जाने भएका छन् । भारत-अमेरिका कर विवाद चलिरहेका बेला मोदी संयुक्त राष्ट्र संघको महासभाको वार्षिक बैठकमा भाग लिन अमेरिका जानसक्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार, मोदीको भ्रमण सेप्टेम्बरको अन्तिम हप्तामा हुनेछ । 

रिपोर्टमा भ्रमणको वास्तविक उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नु र व्यापार र करसम्बन्धी विवादहरू समाधान गर्नु रहेको उल्लेख छ । यस क्रममा दुवै नेताले व्यापार सम्झौताको घोषणा पनि गर्न सक्ने समाचारमा उल्लेख छ । 

सेप्टेम्बर २६ मा संयुक्त राष्ट्र संघको महासभामा मोदीको भाषण तय गरिएको छ । यस अवधिमा मोदीले ट्रम्प र अन्य नेताहरूसँग द्विपक्षीय बैठक गर्न सक्छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा मोदीलाई भेट्न सक्ने बताएका छन् ।

मोदीले यसअघि फेब्रुअरी २०२५ मा अमेरिकाको भ्रमण गरेका थिए । यस अवधिमा उनले ट्रम्पलाई ह्वाइट हाउसमा भेटेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अगस्ट ६ मा भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका थिए । उनले यससँग सम्बन्धित कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेश अगस्ट २७ देखि लागू हुनेछ।

कार्यकारी आदेशमा रूसी तेल खरिद गरेको कारण भारतमाथि यो कारबाही गरिएको उल्लेख छ । यसअघि उनले जुलाई ३० मा भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । अब भारतमाथि कुल ५० प्रतिशत कर लगाइनेछ। भारतीय विदेश मन्त्रालयले यो कारबाहीलाई गलत भनेको छ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, अब यसको प्रतिक्रियामा, भारतले पनि केही अमेरिकी उत्पादनहरूमा ५० प्रतिशतसम्म कर लगाउने विचार गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्