
काठमाडौं, ७ माघ–काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकाजू पुन नियुक्त भएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सर्च कमिटीका सदस्यहरुको बैठकले माकाजुलाई नै उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गत मंसिर २६ गते माकाजू चार वर्षको कार्यकाल समाप्त भएपछि केयु उपकुलपतिविहीन भएको थियो ।
शिक्षामन्त्री धनीराम पौडेल संयोजक रहेको तीन सदस्यीय समितिले मकाजूसहित रजिष्ट्रार भोला थापा, मनप्रसाद वाग्ले, जनार्दन लामिछाने, भद्रमान तुलाधरलाइ सिफारिस गरेको थियो ।
माकाजुले धुलिखेल अस्पताललाई सुधार गर्न ठूलो भूमीका खेलेका थिए । तर पछिल्लो समय केयु मार्फत केही मेडिकल कलेजलाइ सम्बन्धन दिन खोजेको भन्दै उनको विरोध भएको थियो । डा. गोविन्द केसी लगायतले उनलाई उपकुलपति बनाउन नहुने भन्दै विरोध गर्दै आएका थिए ।