
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।
बैठक अहिले दिउँसो १ बजे बस्नेगरी बोलाइएको नेताहरूले बताएका छन् ।
उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी स्वरूप कांग्रेस र एमालेले हस्ताक्षर अभियान चलाएका छन् । हस्ताक्षर चलिरहेका बेला कांग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनका दलहरूको बैठक बस्न लागेको हो ।
रानालाई हटाउन दुई तिहाइ मत पुर्याउने तयारी स्वरूप सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनमा कांग्रेस, एमाले, जसपा र लोसपा छन् ।
पाँच नेपाली नागरिकलाई अमेरिका लैजानेगरी लागि अन्तर्वार्ताको मिति अगाडि सारिदिन आग्रह गर्दै उपसभामुख रानाले अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
असम्बन्धित व्यक्तिका लागि उपसभामुखको लेटरहेटड दुरुपयोग भएको आरोप कांग्रेस एमालेको छ । यसैले पदीय मर्यादा विपरीतको काम गरेको भन्दै दुई तिहाइ मतले पुर्याएर हटाउने तयारीमा कांग्रेस-एमाले जुटेका हुन् ।
२७४ सदस्यीय प्रतिनिधिसभामा रानाका विरुद्ध हटाउन ६९ जना सांसद भएपछि निवेदन दर्ता हुन्छ ।