२६ जेठ २०८३, मंगलबार

नाडा अटो शोमा साइमेक्स इंकले लन्च गर्‍यो बीवाईडी एट्टो २, के छन् विशेषता ?

भदौ ४, २०८२
काठमाडौं
नाडा अटो शोमा साइमेक्स इंकले लन्च गर्‍यो बीवाईडी एट्टो २, के छन् विशेषता ?

नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले अल–न्यू बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ ।

नेपालकै सबैको पहुँचयोग्य अर्थात् सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रूपमा रहेको सो ईभीलाई नाडा अटो शो २०२५ मा भव्य समारोहकाबीच सार्वजनिक गरिएको हो । 

उक्त अनावरण समारोह प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

बीवाईडी एट्टो २ ले सहज र सबैका लागि उपयुक्त मूल्यमा उपलब्ध हुने र सडकमा एसयूभीका साथ उपस्थित हुन चाहने युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन, सहज ह्याण्डलिङ र एसयूभीको व्यवहारिकता संयोजन गरेको छ । 

यसमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर उपलब्ध छ, जसले गर्दा यो गाडीले कम्प्याक्ट एसयूभी प्याकेजमा पनि ठूलो कारको अनुभूति दिलाउँछ ।  

बीवाईडी एट्टो २ हाल नेपालमा ४३ लाख ९९ हजार रूपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश छ ।
 
कम्प्याक्ट आकारमा दमदार एसयूभी डिजाइन

कम्प्याक्ट र भर्सटाइल डिजाइनमा उपलब्ध बीवाईडी एट्टो २ मा दमदार एसयूभीको सुविधा उपलब्ध छ । ४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाइ, १,६७५ एमएम उचाई र २,६२० एमएम ह्विलबेससहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकोले यो शहर तथा शहरोन्मुख सबै नेपाली सडकका लागि उपयुक्त छ । 

बीवाईडी एट्टो २ मा ५१.१३ किलोवाटको ब्लेड ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ । यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै लिन्छ ।  

null

यसमा भएको डायनामिक एक्स्टेरियर डिजाइनमा फुल एलईडी हेडलाइट, एलईडी डे टाइम रनिङ लाइट, फ्लोटिङ रूफलाइन र एलईडी टेललाइट बार समावेश छ । यसकारण नै यो गाडी सडकमा बोल्ड  र युथफुल देखिन्छ । पछाडि पुरै फैलिएको लाइट बारको माथि रहेको आकर्षक रूफ स्पोइलर अंग्रेजी नम्बर ८ जस्तै देखिन्छ र ‘मोबियस इन्फिनिटी रिङ’ले असीमित शुभकामनाको प्रतीकको झलक दिन्छ । 

इन्टेलिजेन्ट फिचर सहितको प्रिमियम क्याबिन

बीवाईडी एट्टो २ को भित्रतिर रहेको सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, ६–वे पावर ड्राइभर सिट र ४–वे पावर प्यासेन्जर सिटले स्टाइल र व्यावहारिकताको संयोजन गराएको छ ।  

फ्ल्याट ईभी फ्लोर डिजाइन र ६०/४० तरिकाले स्प्लिट गर्न सकिने रियर सिटले अतिरिक्त सामान राख्न मिल्ने गरी कार्गो फ्लेक्जिबिलिटीको सुविधा दिन्छ ।

बीवाईडी एट्टो २ मा उपलब्ध १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो, ८.८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, भ्वाइस असिस्टेन्ट र वायरलेस स्मार्टफोन चार्जिङ जस्ता फिचरले प्रविधि अनुभवलाई केन्द्रमा राखेको छ । 

ब्लेड ब्याट्री र सेल–टु–बडी प्रविधि

नयाँ बीवाईडी एट्टो २ बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री तथा एड्भान्स्ड सेल–टु–बडी (सीटीबी) निर्माण प्रविधिका साथ आउँछ, जसले सुधारिएको स्पेस, एफिसियन्सी, बडी रिजिडिटी र प्यासेन्जर सेफ्टीका लागि ब्याट्री प्याकलाई सिधै च्यासिसमा एकीकृत गर्छ ।  

कोबाल्ट र निकेलमुक्त ब्लेड ब्याट्रीमा लिथियम आइरन फस्फेट (एलएफपी) रसायनको प्रयोग हुन्छ र यो लामो समयसम्म टिकाउ, दीर्घकालसम्म प्रयोग गर्न सकिने र उच्च तापक्रममा पनि उपयुक्त हुन्छ । यी सबैका लागि यो ब्याट्रीले उद्योगकै कडा नेल पेनेट्रेसन टेस्ट सफलतापूर्वक पास गरिसकेको छ ।

लेभल २ एडाससहितको एड्भान्स्ड सेफ्टी

बीवाईडी एट्टो २ मा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध छ, जसमा निम्न फिचर समावेश छन्ः

  • एडेप्टिभ क्रुज कन्ट्रोल (एसीसी)
  • लेन डिपार्चर वार्निङ र असिस्ट (एलडीडब्लु एन्ड एलडीए)
  • ट्राफिक जाम असिस्ट (टीजेए)
  • अटो इमर्जेन्सी ब्रेकिङ (एईबी)
  • इन्टेलिजेन्ट स्पिड लिमिट कन्ट्रोल (आईएसएलसी)
  • राडार सेन्सर सहितको ३६० डिग्री भ्यु मोनिटर 

यसबाहेक ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), ट्रयाक्सन कन्ट्रोल (टीसीएस), हिल डिसेन्ट कन्ट्रोल (एचडीसी) र आईसोफिक्स एङ्कर लगायतले पुरै सुरक्षा सुनिश्चित गर्छन् ।
 
नाडा ग्राहकका लागि लन्च अफर

साइमेक्स इंकले बीवाईडी एट्टो २ को एक भेरिएन्ट मात्र उपलब्ध गराएको छ र यसको मूल्य ४३ लाख ९९ हजार रूपैयाँ तोकिएको छ, जसमा ७ किलोवाटको वाल चार्जर पनि समावेश छ । यसबाहेक नाडा अटो शो २०२५ मा बुकिङ गर्ने ग्राहकहरूले निम्न विशेष फाइदा समेत प्राप्त गर्नेछन्ः

  • निःशुल्क १ वर्षको अटो प्लस इन्सुरेन्स
  • निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर
  • १० वर्षको विस्तारित वारेन्टी
  • निःशुल्क एसेसरिज प्याकेज
  • निःशुल्क १० वर्ष सम्म बीवाईडी एप कनक्टिभिटी 

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘बीवाईडी एट्टो २ ले सबै नेपाली ग्राहकलाई इलेक्ट्रिक एसयूभी अझै पहुँचयोग्य बनाउने एक माइलस्टोनको प्रतिनिधित्व गर्छ । यसमा भएको व्यवहारिकता, सुरक्षा र अत्याधुनिक प्रविधिका कारण ग्राहकले इन्ट्री–लेभल एसयूभीबाट गर्ने अपेक्षा पूरा गर्ने कुरामा हामी विश्वस्त छौं ।’

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘बीवाईडी एट्टो २ सँगै हामीले अझै बढी नेपालीका बीचमा एसयूभीको स्वामित्व पुर्‍याउन सक्षम हुने अपेक्षा गरेका छौं र नेपालको ईभी रूपान्तरणतर्फको नेतृत्वलाई आगामी दिनमा समेत निरन्तरता दिने गरी उत्साहित बनेका छौं ।’

बीवाईडी एट्टो २ चार आकर्षक कलर अप्सन ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइटमा उपलब्ध छ । जसको भित्री इन्टेरियरमा ब्ल्याक फिनिस रहेको छ । अब देशभरका बीवाईडी शोरुममा यसको बुकिङ समेत खुला गरिएको कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्