
काठमाडौं, ९ पुस– प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बन्दसूचीको क्रमसंख्या तलमाथि गर्न नमिल्ने बताएका छन् । अन्य आयुक्तहरुको भनाइ पनि यस्तै छ ।
ऐनमा भएको ‘यथासम्भव’ शब्दले दलहरुलाई बन्दसूचीमा रहेका नाम तलमाथि गर्न सक्ने अधार देखिन्छ । राजपा नेपालले प्रदेश २ मा समानुपातिकमा ६४ जना नै मधेसी क्लस्टरमा राखेर बन्दसूची बुझाएकोबारे आयोगले केही बोलेको छैन ।
आयोगलाई यो क्लस्टरका आधारमा निर्वाचितहरुको नाम सार्वजनिक गर्न समस्या देखिन्छ, नयाँ पत्रिकामा खबर छ ।