२६ जेठ २०८३, मंगलबार

लोकसेवामा आकर्षण, समावेशी समूहका व्यक्ति कोटाभन्दा खुलामा बढी सिफारिस

लोकसेवामा आकर्षण, समावेशी समूहका व्यक्ति कोटाभन्दा खुलामा बढी सिफारिस

काठमाडौँ, १० पुस - निजामती सेवामा समावेशी क्षेत्रका व्यक्तिले आरक्षित कोटाबाट भन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको छ । 

लोकसेवा आयोगबाट लिइने परीक्षामा उनीहरुले आफ्नो आरक्षित कोटाभन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको हो । 

आर्थिक वर्षमा २०७३÷७४ मा पिछडिएका, मधेशी, आदिवासी जनजाति र महिलाले आफ्नो आरक्षित कोटाभन्दा खुला र अन्य समूहबाट नाम निकाल्न सफल भएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आयोगले लिएको परीक्षामा पिछडिएका क्षेत्रका ७०३ जनाले विभिन्न पदमा सफलता प्राप्त गरेकामा आरक्षित कोटा १४२ तथा खुला र अन्य समूहबाट ६५१ जनाले सफलता प्राप्त गरेका छन् । 

यसैगरी एक हजार ८४० मधेशीले आयोगबाट विभिन्न पदमा सिफारिस भएकामा आफ्नो आरक्षितबाट ९०१ तथा खुला र अन्यबाट ९३९ जना, आदिवासी जनजाति दुई हजार २८८ जना सिफारिस भएकामा आफ्नो समावेशी समूहबाट एक हजार २६ र अन्य समूहबाट एक हजार २६२ तथा चार हजार १५१ महिलाले आयोगबाट विभिन्न पदमा सिफारिस भएकामा एक हजार ३८३ जना समावेशी समूह र दुई हजार ७६८ सिफारिस भएको छन् । 

यसैगरी अपाङ्गतर्फका २९७ सिफारिस भएको १८९ आरक्षित कोटामा र १०८ खुला कोटामा तथा दलित ५५५ कोटा सिफारिस भएकामा ३८५ जनामा आरक्षण कोटामा र १९७ आरक्षण कोटामा सिफारिस भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्