२७ जेठ २०८३, बुधबार

बाबुराम किन पुगे केपी ओली भेट्न बालकोट ?

पुस ११, २०७४
बाबुराम किन पुगे केपी ओली भेट्न  बालकोट ?

काठमाडौँ, ११ पुस- नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी  ओलीबीच सोमबार  बालकोटमा भेट भएको खबर  अन्नपूर्णले छापेको छ  । 


बालकोट स्रोतले भट्टराईको पहलमा भेट भएको दाबी गरेपनि  भट्टराईका सहयोगीले ओलीकै आग्रहमा भेट भएको जिकिर गरेका छन् । भट्टराईले चुनावी जितका लागि बधाई र भावी सरकारको नेतृत्वका लागि शुभकामना दिएको जानकारी दिए । यद्यपी उनले सत्ता गठबन्धनमा सहयोग गर्नेबारे केही कुरा नभएको जिकिर गरे ।

‘गठबन्धनको कुरा अहिले गरिएन, राष्ट्रियसभा अध्यादेशको अड्चन खुलाउन सहमति जुटाउन सल्लाह दिएँ’, भट्टराईले  भने, ‘मैले अरू कुनै आकांक्षा राखेको भन्ने सही होइन, अहिले त्यस्तो कुरा गर्नु उपयुक्त हुन्न ।’

एमाले-माओवादी एकता र सत्तारोहणमा संशय बढ्दै जाँदा भट्टराईको बालकोट यात्रालाई अर्थपूर्ण ठानिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्