
काठमाडौँ, ११ पुस– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को बैठक आज पनि बस्दै छ । हिजोबाट शुरु भएको उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेकाले बैठक आज पनि बस्न लागेको हो ।
अध्यक्ष लोहनीले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीको वैचारिक दृष्टिकोणलाई कायम राख्दै अब पार्टीले देशभर संगठन सुदृढीकरणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे उल्लेख गरिएको छ । १७ सदस्यीय सो समितिका अधिकाँश सदस्यले मुलुकमा विकास भएको राजनीतिक अवस्था, पार्टीले चुनावमा व्यहोर्नु परेको पराजयबारे समीक्षा गर्ने, धारणा राख्ने र भावी रणनीति तय गर्ने योजना रहेको छ ।