चैत ७, २०८०
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
काठमाडौं, २३ पुस – सुरज लामाको ९८०१०२३८९६ नम्बरबाट खोलिएको सामाजिक सञ्जाल ह्वाट्सयापमा एउटा मेसेज आउँछ, ‘भाइसाब, मैं २० जनवरीको आउँगा, मनी रेडी रखना’ ।
भारतीय नम्बरबाट ह्वाट्सएपमा पुतलीसडकमा एक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका ब्रिटिश काउन्सिलका एजेन्ट सुरज लामालाई मेसेज गर्ने व्यक्ति थिए भारतीय नागरिक हनी सिंह ।
शनिवारको लागि तय गरिएको अंग्रेजी भाषापरीक्षा आईईएलटीएसको प्रश्नपत्र शुक्रवार दिउँसै एकाएक बाहिरिएपछि हंगामा मच्चिएको थियो । प्रहरीले शनिवार बिहान २ बजे प्रश्नपत्र प्राप्त गरेको भएपनि नेपालका विभिन्न शहर र भारतमा शुक्रबार नै प्रश्नपत्र बाहिरिएको थियो ।
शुक्रवार दिउँसो नै चितवन, पोखरालगायत विभिन्न स्थानमा आईईएलटीएस (अंग्रेजी भाषा परीक्षा) को प्रश्नपत्र बाहिरिएको हल्ला चलिसकेको थियो । तर केही प्रहरी अधिकारीले यो कुरा सुनेका भएपनि आधिकारिक रूपमा प्रहरीलाई यसको जानकारी थिएन ।
भारतका विभिन्न शहरहरूमा समेत प्रश्नपत्र शुक्रवार नै किनबेच भइसकेको थियो ।
यसरी शुरु भयो अनुसन्धान
विशेष सुराकीका आधारमा काठमाडौं प्रहरीले बाहिरिएको भनेको प्रश्नपत्र शनिवार बिहान २ बजे प्राप्त ग–यो । झापा जिल्ला घर भई हाल बालुवाटार बस्ने ब्रिटिश काउन्सिलका एजेन्ट ३९ वर्षीय सुरज लामाले भाइबरमार्फत बझाङ थलारा–८ घर भई लैनचौर बस्ने २० बर्षका गणेशराज उपाध्यायलाई प्रश्नपत्र पठाएको जानकारी प्रहरीले प्राप्त ग–यो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उपाध्यायले सो प्रश्नपत्र स्याङ्जाका विधान आचार्य र रूपन्देहीका निकेश न्यौपानेलाई भाइबर गरेका थिए ।
छात्रसँग १ लाख, छात्रासँग २ लाख
प्रश्नपत्र बिक्री गर्ने र पैसा उठाउने जिम्मा थियो विधान आचार्य र निकेश न्यौपानेको । उनीहरूले उठाएको रकम गणेशराज उपाध्यायकहाँ पुग्थ्यो । गणेशले आफ्नो भागको राखेर बाँकी सुरज लामालाई दिन्थे । सुरजमार्फत नै यो रकम पुग्थ्यो दुई भारतीयहरू हनी सिंह र अवतार सिंहसम्म ।
यस घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरीका अनुसार, उनीहरूले पुरुष परीक्षार्थीसँग १ लाख दश हजार र महिला परीक्षार्थीबाट डेढ देखि २ लाखसम्म उठाउने गरेका थिए ।
महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार, उनीहरूले ४ लाख नगद र १ लाख २० हजारको चेक लिएका थिए । प्रहरीका अनुसार, उनीहरूले तीन महिलाबाट क्रमशः रु १ लाख ६७ हजार, १ लाख ५० हजार, २ लाखमा बिक्री गरेका थिए । एकजना महिलाले भने पैसा बुझाउन बाँकी नै थियो । त्यस्तै उनीहरूले केटाहरूलाई क्रमशः रु १७ हजार, ६७ हजार, १७ हजार र १० हजारमा प्रश्नपत्र बिक्री गरेका थिए ।
गेस्टहाउसबाट नौजना पक्राउ
प्रश्नपत्र बिक्री गरिसकेपछि निकेश र विधानले चारजना युवती र पाँचजना युवकलाई सुन्धाराको सप्तरंगी गेस्ट हाउसको कोठा नं. ३१५ र ३१६ मा राखेका थिए । प्रहरीले कोठा नं. ३१५ बाट चारजना युवती र ३१६ बाट पाँचजना युवकलाई पक्राउ गरेको थियो ।
दुई भारतीयले आउट गर्थे प्रश्नपत्र
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मुख्य गरेर दुई भारतीय नागरिकले अंग्रेजी भाषापरीक्षाको प्रश्नपत्र ह्वाट्सएपमार्फत सुरज लामालाई पठाउने गरेको खुलेको छ । हनी सिंह नेपाल र भारतका विभिन्न एजेन्टसँग सम्झौता गर्थे । उनलाई सो काममा सघाउने गर्थे अवतार सिंहले ।
उनीहरू दुवैजना पञ्जाबी हुन् । उनीहरूको सम्बन्ध अन्तर्राष्ट्रिय गिरोहसँग भएको अनुमान प्रहरीको छ ।
आईईएलटीएस परीक्षामा विश्वभर नै एउटै प्रश्नपत्र हुने भएका कारण यसमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता भएको प्रहरीको अनुमान छ । तर हनी सिंहले भने नेपाल र भारतमा प्रश्नपत्र परीक्षार्थीसम्म पु–याउने गरेको प्रहरीले अनुमान गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार, विद्यार्थीलाई छोडिएको छ । ‘विद्यार्थीलाई छोडिएपनि बाँकी चारजनालाई ठगीमा मुद्दा चलाउने तयारी भइरहेको छ,’ नायब उपरीक्षक पाण्डेले लोकान्तरलाई बताए ।
त्यसो त, ब्रिटिश काउन्सिलले तीन सेटमा प्रश्न तयार गरेको हुन्छ । कुनै प्रश्नपत्र बाहिरिएको खण्डमा बाँकी दुई प्रश्नपत्र परीक्षार्थीलाई दिइने गरिन्छ ।
लीक भएको प्रश्न पाएपनि प्रहरीले भने यसलाई सार्वजनिक गरेन । अर्को प्रश्नपत्र ब्रिटिश काउन्सिलले दिनसक्छ भन्दै प्रहरी चुप बसेको थियो । तर परीक्षामा लीक भएकै प्रश्नपत्र दिइएपछि भने प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
बाहिरिएको प्रश्नपत्र र परीक्षामा परीक्षार्थीलाई दिइएको प्रश्नपत्र एकै रहेको विद्यार्थीहरूले बताएका छन् । प्रश्नपत्र सार्वजनिक गर्न मिल्दैन ।
के हो आईईएलटीएस ?
इन्टरनेसनल इंग्लिश ल्यांग्वेज टेस्टिङ सिस्टमको संक्षिप्त रूप नै आईईएलटीएस हो । संवादका लागि अंग्रेजी भाषा प्रयोग हुने मुलुकमा अध्ययन वा काम गर्न जान चाहने मानिसले आईईएलटीएस परीक्षा दिनुपर्छ ।
अंग्रेजी भाषामा दक्षता मापन गर्नका लागि यसले नौ ब्यान्डको स्कोर निर्धारण गरेको हुन्छ । ब्यान्ड स्कोर एक हुनेलाई अंग्रेजी फिटिक्कै नजान्ने मानिन्छ भने ब्यान्ड स्कोर नौ हुने चाहिँ अंग्रेजीमा दक्ष मानिन्छ । सुन्ने, पढ्ने, लेख्ने र बोल्ने चारवटा क्षमता यसक्रममा जाँचिन्छ ।
आईईएलटीएसका दुईवटा संस्करण हुन्छन् : प्राज्ञिक (एकेडमिक) र सामान्य (जनरल) । विदेशी विश्वविद्यालयमा पढ्न चाहनेहरूले एकेडमिक आईईलटीएस दिनुपर्छ भने बसाईंसराइ गरेर अस्ट्रेलिया, क्यानाडा र बेलायत जान चाहनेले जनरल आईईएलटीएस दिनुपर्छ ।
सामान्यता चारैवटा स्किलमा ६ ब्यान्ड स्कोर कटाउनेलाई योग्य मानिन्छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...