२६ जेठ २०८३, मंगलबार

रविसँगको भेटपछि भाजपा अध्यक्षले नेपालीमै लेखे– पार्टी-टु-पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल

जेठ १९, २०८३
काठमाडौं
रविसँगको भेटपछि भाजपा अध्यक्षले नेपालीमै लेखे– पार्टी-टु-पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल

भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भएको छ ।​

उनीहरूबीच आज भाजपा मुख्यालयमा भेटवार्ता भएको हो । भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामा छलफल भएको भाजपाले जनाएको छ ।

छलफलपछि भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले पार्टी-टु-पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भएको जानकारी दिएका छन् ।

‘नो बीजेपी (बीजेपी जान्नुहोस्) कार्यक्रमअन्तर्गत भाजपा मुख्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका सभापति रवि लामिछाने तथा उहाँसँग आउनुभएको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा र उहाँहरूसँग संवाद गर्न पाउँदा खुशी लागेको छ,' उनले लेखेका छन्, 'बीजेपी-रास्वपाबीच पार्टी-टु-पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भयो । उहाँहरूलाई भाजपाको शीर्ष तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचनाबारे जानकारी गराइयो । साथै सदस्यता विस्तार, उम्मेदवार छनोट प्रक्रिया तथा जमीनी तहका कार्यकर्तासँग भाजपाको गहिरो सम्बन्धका बारेमा उठाइएका प्रश्नहरूको उत्तर पनि दिइयो।'

null

साथै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विकास र जनसेवामा भाजपाको शासन मोडेलको केन्द्रमा कसरी रहेका छन् भन्ने विषयमा पनि छलफल भएको जानकारी दिएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्