२६ जेठ २०८३, मंगलबार

माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

जेठ २०, २०८३
काठमाडौं
माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

माछापुच्छ्रे बैंक लिमिटेडको '८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर' नेप्सेमा सूचीकृत भएको छ ।

बैंकले जारी गरेको १०० रुपैयाँ अंकित दरका कुल तीन करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर यही जेठ १९ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो ।

उक्त शेयरको कुल निष्कासन मूल्य तीन अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार नेप्सेमा सूचीकृत भएको उक्त अग्राधिकार शेयर यही जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्