आउँदो जेठमा मेलम्चीको पानी राजधानी आइपुग्ने

काठमाडौँ, २७ पुस - मेलम्ची खानेपानी आयोजनाले बाटो खनेकै कारण राजधानीमा प्रदूषण बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको आयोजनाले त्यसको बचाउ गर्दै चालू आर्थिक वर्षभित्रै कालोपत्रे र सँगसँगै पानी वितरण गर्ने वचनबद्धता प्रकट गरेको छ । 
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले यस आयोजनाअन्तर्गत उपत्यकामा सात सय किलोमिटर पाइपलाइन खनिएको र त्यसमध्ये २२० किलोमिटर कालोपत्रे सडक रहेको जानकारी दिँदै यस आयोजनाअन्तर्गत खनिएका सडक चालू आर्थिक वर्षभित्र नै कालोपत्रे गरिसक्ने जानकारी दिए । 
खनिएका सडकहरूको कालोपत्रे नभएका कारण नै अहिले उपत्यकामा धुलोको मात्रा बढ्दै गएको छ । उनले  आगामी जेठदेखि पानी वितरण गर्ने पनि स्पष्ट गरे  । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्