२६ जेठ २०८३, मंगलबार

जापानको राजधानी टोकियोमा भारी हिमपात, हवाइ उडान रद्ध हुँदा यात्रु प्रभावित

जापानको राजधानी टोकियोमा भारी हिमपात, हवाइ उडान रद्ध हुँदा यात्रु प्रभावित

टोकियो, ८ माघ -जापानको राजधानी टोकियोको ठूलो क्षेत्रमा सोमबार भारी हिमपात भएको छ । 
मानव दैनिक जीवनलाई असर पारेको र यातायात सेवालाई प्रभावित पारेको हिमबर्षा मंगलबारसम्म हुनसक्ने जलसम्वन्धि निकायका अधिकारीहरूले चेतावनी दिएका छन् । 

जापान जलबायु विभागले टाहोकु र होक्काईडोमा पनि हिउँले पुरै ढाकेको र कान्तो कोशिन तथा तुहोकु क्षेत्रमा स्थानीय समय अनुसार मंगलबार विहान ६ बजेसम्म ३० सेन्टिमिटर हिउ थुप्रिने अनुमान गरिएको जनाएको छ । 

त्यसैगरी होकुरिकु देखि चुगुकुसम्मको मध्य तथा पश्चिमी क्षेत्रमा २० सेन्टिमिटर र उत्तरी क्युसु र शिकोकु क्षेत्रमा १५ सेन्टिमिटरसम्म हिउँले ढाक्ने पुर्वानुमान गरिएको छ । 

मंगलबारसम्म टोकियोका २३ वार्डमा १० सेन्टिमिटर र अन्य ठाँउहरूमा ३० सेन्टिमिटर बाक्लो हिउँ पुग्ने देखिएको छ । 

जापानको सार्वजनिक प्रसारण (एनएचके)ले सोमबार बेलुकी टोकियोसँग जोडिएका मुख्य सडकहरुमा यातायात सेवा आंशिक रुपमा अवरुद्ध भएको जनाएको छ । 

त्यसैगरी टोमेई र शिन टोमेई द्रूतमार्ग, अन्तर महानगर र सुटो द्रूत मार्गमा सवारी साधन राम्रोसँग चलाउने अवस्था रहेको अधिकारीहरुले बताएका छन् । 

जापानी झण्डाबहाक जापान एयरलाइन्सले २० भन्दा बढी उडान रद्ध गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । 
सोमबारको उडान रद्ध हुँदा झण्डै पाँच हजार यात्रु प्रभावित भएको अधिकारीले जानकारी दिएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्