×

NMB BANK
NIC ASIA

उपचार गर्ने अस्पताल वरिपरि नै बिरामी पार्ने फोहोर र धूलोधूवाँ [भिडियो कथा]

गगन अर्याल

माघ १८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ माघ-बिरामी हुँदास्वास्थ्य उपचारका लागि जाने ठाउँ हो अस्पताल । तर अस्पताल वरिपरिकै वातावरण सामान्य मानिसलाई समेत बिरामी पार्ने खाल भए के होला ? बिरामीलाई निको पर्छौँ भनेर ठोकुवा गर्ने काठमाडौं उपत्यकाका धेरैजसो अस्पताल अगाडि/पछाडि फोहोरको डुंगुर र आँखा हेर्नै सकस पर्ने गरी धूलो उडिरहेको देख्न सकिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

हुन त काठमाडौं उपत्यका नै धूलैधूलोले ढाकिसकेको छ । तर कम्तिमा पनि आफ्नो वरपरको वातावरण सफा राख्न त अस्पतालहरूको ध्यान जानुपर्ने हो, त्यसो हुन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धूलोधूवाँ अस्पतालभित्र पनि हावाको माध्यमबाट सिधै फोक्सो जाने भएकाले आफ्नो वरपरको वातावरण सफा राख्नुपर्ने बताउँछन्, वीर अस्पतालका छाति रोग विभाग प्रमुख डा. अशेष ढुंगाना । यस्तो धूलो हावाको माध्यमबाट अस्पतालभित्रैसम्म पुग्ने गरेको छ ।


Advertisment
Nabil box
Kumari

हेर्नुहोस् केही दृष्य :

Vianet communication
Laxmi Bank

बयोधा अस्पताल, बल्खु

बयोधा अस्पताल बल्खु चोकमै छ । दैनिक ५० देखि १०० जनासम्म बिरामी उपचारका लागि आउने यस अस्पतालको प्रवेशद्वारमै धूवाँ र धूलोको मुस्लो देख्न सकिन्छ ।

भित्र सफा सुग्घर छ, तर बाहिरको धूलोप्रति अस्पतालको पनि ध्यान गएको छैन । आफ्नै सम्मुखमा उडिरहेको धूलो नियन्त्रणका लागि पनि अहिलेसम्म पानी हालेको देखेको छैन भन्छन्, धुलाम्मे सडकमा ड्यूटी गरिरहेका प्रहरी यमलाल चौलागाईँ ।

‘म बिहानदेखि नै ड्यूटीमा हुन्छु, तर अहिलेसम्म अस्पतालले पानी हालेको देखेको छैन,’ उनले लोकान्तरसँग भने, ‘कहिलेकाहिँ महानगरपालिकाले भने पानी हालेको हुन्छ ।’

उपचारका लागि अस्पतालमा आएकी एक महिला आफ्नै अगाडिको धूलो नियन्त्रणमा अस्पतालको ध्यान जान नसकेको बताउँछिन् । ‘अस्पतालबाहिर यस्तो धूलो छ, भित्र भने राम्रो उपाचार गर्छौँ भन्छन्, तर यसलाई नियन्त्र गर्न पानी हाल्नु पर्ने हो, हाल्दैनन्,’ उनले भनिन् ।

ओम अस्पताल, चाबहिल

चाबहिलस्थित ओम अस्पताल बेलाबेला चर्चा र विवादमा आइरहन्छ । गोपीकृष्ण हलअगाडि छ यो अस्पताल । अस्पताल वरपर गन्हाउने ढल र डम्पिङ साइट (फाहोर जम्मा गर्ने ठाउँ) छ । अस्पताल आउने बिरामी नाकमुख थुनेर भित्रबाहिर गर्दै गरेको देखिन्छन् । अस्पतालको गेटअगाडि नै धूलोको मुस्लो उडिरहेको छ, तर यसलाई सफा गरेको नदेखेको स्थानीय बताउँछन् ।

नजिकै बदाम बेच्न बसेकी एक महिला भन्छिन्, ‘यहाँ फोहोर र धूलो उस्तै छ, तर सफा गरेको देखेको छैन ।’

बिरामीको उपचार गर्ने स्वस्थ्यकर्मीहरू पनि छिःछिः भन्दै नाक थुनेर याताउता गरिरहेका हुन्छन् । विभिन्न क्षेत्रमा स्वस्थ्य सामाजिक काम गरेको बताउने ओमले आफ्नो अगाडि भएको फोहोरको डुंगुर भने देखेको छैन ।

मेडिकेयर अस्पताल, चाबहिल

चाबहिलमै रहेको अर्को अस्पताल हो, मेडिकेयर । मूल बाटोभन्दा अलि तल मेडिकेयर अस्पताल रहेको भवनको भित्ताभरी धूलैधूलो देख्न सकिन्छ । अस्पतालभित्र भुइँमा सरसफाइ र पुछपाछ चलिरहेको हुन्छ, तर आसपासको धूलो नियन्त्रणमा कसैको ध्यान गएको छैन ।

अस्पतालअगाडि राखेको गाडी पनि पूरै धुलाम्मे देखियो । स्वस्थ रहन भन्दै विभिन्न प्याकेज राखेको यस अस्पतालले आफ्नो वरिपरि भएको धूलोले पारेको असरप्रति भने नजरअन्दाज गरिरहेको छ ।

यसैगरी आसपासकै फोहोर र धूलोधूवाँको बेवास्था गर्ने अस्पतालहरू गोंगबु चोकमा रहेको विनायक अस्पताल, सामखुसी र बसुन्धाराको बीचमा पर्ने ग्रीनसीटी अस्पताल तथा बसुन्धारा चोकमा रहेको चिरायु अस्पताल पनि हुन् । यी त उदाहरण मात्र हुन्, काठमाडौं उपत्यकाका अधिकांश अस्पतालको अवस्था उही छ ।

आफ्नै आसपासको वातावरणप्रति ध्यान नदिई अस्पतालहरु राम्रो उपचार गर्छौँ भनेर ढोल पिटिरहेकै छन् । कतिपय अस्पतालले अस्पतालबाटै निस्कने फोहोर पनि राम्रोसँग व्यवस्थापन गरेका छैनन् । यसलाई नियमन गर्ने निकाय पनि देखिँदैन ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ३०, २०८०

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...

कात्तिक ३, २०८०

ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।  स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

मंसिर २, २०७५

काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...

असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x