२७ जेठ २०८३, बुधबार

प्रदेश नम्बर ३ को संसदको बैठक आजदेखि

प्रदेश नम्बर ३ को संसदको बैठक आजदेखि

हेटौंडा, १८ माघ- प्रदेश नम्बर ३ को प्रदेश सभाको बैठक बिहीवार शुरु हुँदैछ । प्रदेश प्रमुख अनुराधा कोइरालाले बुधवारका लागि प्रदेश संसदको अधिवेशन आह्वान गरेकी थिइन् ।

जेष्ठ सदस्य एमाले सांसद डोरमणि पौडेलले बैठकको अध्यक्षता गर्नेछन् । पहिलो बैठकमा संसद बैठकको कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन गर्ने कार्यसूची छ ।

प्रदेश संसदको बैठकको सहजीकरणका लागि संघीय संसदका कर्मचारीहरू हेटौंडा पुगेका छन् । अन्य प्रदेशमा भने आइतवारदेखि संसदका बैठक बस्दैछन् । 


salt training

कमेन्ट गर्नुहोस्