२६ जेठ २०८३, मंगलबार

दुई नम्बरको पहिलो प्रदेश सभा बैठकमा तनाव–मधेसी शहीदको फोटो नभएको भन्दै आपत्ति

माघ २१, २०७४
दुई नम्बरको पहिलो प्रदेश सभा बैठकमा तनाव–मधेसी शहीदको फोटो नभएको भन्दै आपत्ति

जनकपुर, २१ माघ– दुई नम्बर प्रदेशको पहिलो प्रदेश सभा वैठक शुरु हुनासाथ अवरुद्ध भएको छ । 

जनकपुरमा बसेको दुई नम्बर प्रदेशको पहिलो बैठकमै सांसदहरुले मधेस आन्दोलनका शहीदको तस्वीरु नराखेको भन्दै आपत्ति जनाएका थिए । 

बैठकमा राजपा नेता मनिष सुमनले सभामुखको आशन अगाडि जनआन्दोलनका शहीदको तस्वीर राखेको तर मधेस आन्दोलनका शहीदको तस्वीर नराखेको भन्दै आपत्ति जनाएका थिए । त्यस लगत्तै अन्य सांसदहरुसमेत आशनबाट उठेपछि वैठक अवरुद्ध भएको हो । फोटो राख्न सभामुखले निर्देशन दिएसँगै बैठक शुरू भएको छ ।

वैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य ललन लाल चाैधरीले पहिलो बैठकमा त्रुटी भएको र अामी बैठकमा यसलार्इ सच्याउने भनेसँगै बैठक सुचारू भएको हो ।

बैठकको विशेष समयमा अहिले संघीय समाजवादी फोरमका लालबाबु राउतले धारणा राखिसकेका छन् । प्रदेश बैठक हेर्न सर्बसाधारणको भीड लागेको छ । बैठक कक्ष  बाहिर  टेलिभिजनमा लाइभ हेर्ने व्यबस्था गरिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्