मंसिर १८, २०८०
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
माघ २२, २०७४
काठमाडौं, २१ माघ– दरबारमार्गको होटेल ल्याण्डमार्कमा माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाबारे नयाँ रहस्य खुलासा भएको छ । बलात्कारमा एक ठेकेदारका छोरा समेतको संलग्नता देखिएपछि प्रहरीले आर्थिक लेनदेनमा मिलापत्र गराएको रहस्य खुलासा भएको हो ।
होटेल ल्याण्डमार्कमा एक युवतीमाथि भएको सामूहिक बलात्कारमा हेटौंडाका ठेकेदार राम गौतमका छोरा विकाश गौतमसमेत संलग्न रहेको नयाँ तथ्य खुलेको छ । घटनामा विकासको संलग्नता रहेको भएपनि प्रहरीले भने उनको नाम गोप्य राख्दै आएको छ ।
माघ ७ को त्यो रात
माघ ७ गते (आइतवार) साँझ पेमा कुमारी (नाम परिवर्तित) साथीलाई भेट्नभन्दै आफ्नो डेराबाट निस्किइन । ललितपुरको झम्सिखेलमा डेरा गरेर बस्ने उनले आफ्ना आमा–बुवालाई भक्तपुर साथीकोमा जान लागेको भनेकी थिइन् ।
तर उनी भक्तपुर हैन, लाजिम्पाट पुगिन् । लाजिम्पाटको भूमि होटेलमा पेमाकुमारी, उनका प्रेमी शैलेश कार्की र अन्य दुईजनाले नास्ता गरे । नास्ताका क्रममा शैलश र उनका केटा साथीहरुले ‘हार्ड ड्रिङस’ गरे भने पेमाकुमारीले वाइन पिइन् ।
त्यसपछि शैलेश र पेमाकुमारी त्यहाँबाट कमलपोखरी (दरबारमार्ग)मा रहेको होटेल ल्याण्डमार्कमा पुगे । उनीहरु होटेल पुग्दा रातको ९ बजिसकेको थियो । होटेल ल्याण्डमार्कमा शैलेशले साथी दीपक श्रेष्ठको नाममा कोठा नम्बर ४०५ बुक गराएर राखेका थिए ।
शैलेशका साथीकै नाममा होटेलको अर्को कोठा ४०६ पनि बुक गरिएको थियो । पेमाकुमारी र शैलेश भने ४०५ मा बसे । होटेल पुगेपछि पनि शैलेशले ब्ल्याकलेबल नामको रक्सी पिए ।
शैलेशले करिब आधा बोत्तल रक्सी पिइसकेपछि कोठा नम्बर ४०५ मा अन्य तीन युवा पनि छिरे । उनलाई शैलेशले नै कोठा भित्र छिराएका थिए । कोठाभित्र छिरिसकेपछि शैलेश र उनका साथीबीच केही समय ‘गलफत्ती’ चल्यो ।
शैलेशका साथीहरु आउनु अगाडि पेमाकुमारी र उनीबीच एकपटक शारीरिक सम्पर्क भइसकेको प्रहरी अनुसन्धानले देखाउँछ । त्यसपछि शैलेशका साथीहरुले पेमाकुमारीसँग शारीरिक सम्पर्क राख्न खोज्छन् । पेमाकुमारीले प्रतिकार गर्न खोज्छिन् । उनी बाथरुम भित्र छिर्न खोज्छिन् तर शैलेशका साथीले उनलाई तानेरै बेडमा पल्टाउँछन् ।
त्यसपछि शैलेशका तीनै जना साथीले आफूमाथि पालै–पालो बलात्कार गरेको पेमाकुमारीले प्रहरीमा बयान दिएकी छन् ।
प्रहरीमा उजुरी
घटना घटेको दोस्रो दिन माघ ८ गते (सोमवार) विहानै पेमाकुमारी आफूमाथि सामूहिक बलात्कार भएको भन्दै महानगरीय प्रहरी बृत्त कमलपोखरी पुगिन् । तर कमलपोखरी बृत्तले कमलादी (ल्याण्डमार्क) होटेल रहेको क्षेत्र दरबारमार्ग प्रहरीले हेर्ने भन्दै पेमाकुमारीलाई दरबारमार्ग पठाइदियो ।
पेमाकुमारी दरबारमार्ग पुगिन् । उनले दरबारमार्ग बृत्तमा मौखिक उजुरी दिइन् । एक प्रहरी हवल्दारले पेमाकुमारीको मौखिक बयान टिपे ।
पेमाकुमारीले मौखिक बयानमा क्रममा आफूमाथि सामूहिक बलात्कार भएको, त्यसमा आफ्ना प्रेमी शैलेशसहित ४ जना युवा संलग्न रहेको भनेर टिपाएकी थिइन् । तर उनले टिपाएको भनिएको बयानमा भने तीनजनाको मात्रै नाम लेखियो, शैलेश कार्की (युवतीका प्रेमी) रबि पौडेल र दीपक श्रेष्ठको । प्रहरीले बयान टिप्ने क्रममा नै एकजना व्यक्तिको नाम छुटाएको छ, ती हुन् विकाश गौतम ।
विकाश गौतम निर्माण व्यवसायी (ठेकेदार) राम गौतमका छोरा हुन् । राम गौतम मकवानपुरको हेटौंडालाई आधार बनाएर काम गर्ने निर्माण व्यवसायी हुन् ।
छोरा (विकास)सँग भेट भएको छैन
निर्माण व्यवसायी राम गौतमले दरबारमार्ग बलात्कार काण्डमा छोराको नाम मुछिएको स्वीकार गरे । तर त्यस विषयमा आफ्नो छोरासँग कुरा नभएको उनले लोकान्तरलाई बताए ।
घटना घटेको दिन राति १ बजेसम्म आफ्नो छोरा (विकाश) साथीहरु शैलेशलगायतसँग हाटेल ल्याण्डमार्कमा रहेको गौतमले लोकान्तरसँगको कुराकानीमा स्वीकारे । उक्त विषय आफूले छारोका अन्य साथीमार्फत थाहा पाएको उनले बताए ।
आर्थिक लेनदानमा पैसा जुटाइयो
बलात्कृत युवती पेमाकुमारीले प्रहरीमा उजुरी दिँदा विकाशको नाम समेत उल्लेख गरेकी थिइन् । तर प्रहरीले भने उजुरीमा कतै पनि उनको नाम उल्लेख गरेन ।
प्रहरी स्रोतका अनुसार बलात्कारको घटनालाई गुपचुमै मिलाउन आर्थिक लेनदेन गर्न विकाशका बुवा (राम गौतम)ले धेरै रकम जुटाएका हुन् । घटना दबाउन ३० लाख रुपैयाँको लेनदेन भएको प्रहरीको दाबी छ । विकाशका बुवाले २० लाख रुपैयाँ जुटाएको प्रहरी स्रोत दाबी गर्छ । जसका कारण उजुरीबाट विकाशको नाम हटाइएको प्रहरी स्रोत बताउँछ ।
पैसा दिएको छैन
आफ्नो छोरा बलात्कारको मुद्दामा मुछिए पनि आफूले कसैलाई पैसा नदिएको निर्माण व्यवासी गौतमले दाबी गरे । लोकान्तरसँगको फोनवार्तामा गौतमले भने, ‘बलात्कारको घटनामा छोराको नाम मुछिएको सत्य हो । तर घटना मिलाउन मैले पैसा दिएको भन्ने कुरा सत्य हैन ।’
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...