२६ जेठ २०८३, मंगलबार

धुलिखेलमा जीव विज्ञान तथा जैवीक प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुदै

धुलिखेलमा जीव विज्ञान तथा जैवीक प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुदै

काठमाडौं,२५माघ– जीव विज्ञान तथा जैवीक प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन काभ्रेको धुलिखेलमा फागुन ५ गतेदेखि हुदैँछ ।


सम्मेलनमा बायो साइन्स एंड बायो–तेक्कनलोजीका बिषयमा बैज्ञानीकहरुले आ–आफ्नो धारणा र कार्यपत्रहरु प्रस्तुत गर्ने छन् ।  सम्मेलनमा फिनल्याण्ड, डेनमार्क, जर्मनी, स्वीडेन र भारत बाट १७ प्रतिनिधिहरुको सहभागीता रहने छ ।  सम्मेलनमा बायो–बैंकिङ्ग को नेपालमा महत्वमा र ट्रान्सलेसनल मेदेसिनमा गरिने अनुसन्धान बारे हुनेछ । 


 रिसर्च इन्स्तीत्युत फर बायो साइन्स एंड बायो–तेक्कनलोजी, नेपाल” र “इन्स्टीच्युट फर मलेक्युलर मेदेसिन फिनल्याण्ड” , जैवीक विभाग, काठमाडौं विश्वविद्यालय, जैवीक रसायन विभाग, चिकित्सा शास्त्र अध्ययन संस्थान, धुलिखेल अस्पताल लगायतका विज्ञान र जैवीक प्रविधिसँग सम्बन्धित विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।  सम्मेलन फागुन ५ गते देखि ८ गतेसम्म चल्ने छ ।

सम्मेलनले मानव रक्त कोष तथा अन्य अंगहरुको नमुना संकंलन गरि अनुसन्धानको लागि वितरण गर्ने जसबाट मानव शरीरको उमेर, रोग, तथा वृद्धि बिकासमा हुने आधारभुत प्रश्नहरुको समाधान गर्न सहयोग आयोजकले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्