२६ जेठ २०८३, मंगलबार

दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर भ्रमणको निम्ता दिइने प्रबल सम्भावना

दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर भ्रमणको निम्ता दिइने प्रबल सम्भावना

काठमाडौं, २६ माघ — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका राष्ट्रपति मून जे इनलाई यसै वर्ष प्योङयाङ भ्रमणको निम्तो दिने प्रबल सम्भावना रहेको कूटनीतिक स्रोतहरूले बताएका छन् । 

यसमा कुनै टुंगो नलागिसकेको भएपनि मूनले उत्तरको भ्रमण गरे भने सन् २००७ पछि त्यो देश पुग्ने पहिलो राष्ट्रपति हुनेछन् । 

अगस्ट महीनाको १५ तारिखमा मूनले उत्तरको भ्रमण गर्न सक्छन् । उक्त दिनमा कोरिया जापानीहरूबाट स्वतन्त्र भएको थियो र दुवै कोरियाले त्यस दिन बिदा मनाउँछन् । 

मूनलाई उत्तर बोलाउने निमन्त्रणा शनिवार स्वागत भोजका बेलामा दिन सकिने कैयौं कूटनीतिक स्रोतहरूले बताए । 

दक्षिण कोरियाली राष्ट्रपतिका प्रवक्ताले शुक्रवार मून र किम यो जोङ तथा अन्य तीन उच्चस्तरीय प्रतिनिधिबीच शनिवार भेट हुने कुरा पुष्टि गरे । 

प्रवक्ताले दक्षिण कोरियाली राष्ट्रपतिको उत्तर भ्रमणको सम्भावनाका बारेमा टिप्पणी गर्न अस्वीकार गरे । 

उत्तर कोरियाली प्रतिनिधिमण्डल बोकेको एक निजी विमान दक्षिण कोरियाको इन्चियोन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार शुक्रवार २ बजे ओर्लेको थियो । उक्त प्रतिनिधिमण्डलले उद्घाटन समारोहमा भाग लिनेछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्