२६ जेठ २०८३, मंगलबार

चमेलियाबाट विद्युत उत्पादन शुरु, ३० मेगावाट बिजुली थपियो

चमेलियाबाट विद्युत उत्पादन शुरु, ३० मेगावाट बिजुली थपियो

दार्चुला, २६ माघ– चमेलिया जलविद्युत आयोजनाबाट औपचारिक रुपमा विजुलीको उत्पादन शुरु भएको छ । सरकारी लगानीमा निर्माण भएको चमेलियाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । 
दर्चुलामा रहेको चमेलिया आयोजनाको विद्युत उत्पादन क्षमता ३० मेगावाट रहेको छ । 

दुई युनिटको सफल परीक्षण भएपछि शनिबारबाट आयोजनाले व्यवसायिक उत्पादन शुरु गरेको हो । शैल्यशिखर नगरपालिका १ बलाँचमा निर्माण भएको आयोजनाबाट गत पुर २८ गतेबाट नै १५ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिइसकिएको छ । अर्धजलासययुक्त आयोजना चमेलियाबाट दैनिक ६ घण्टा पूर्ण रुपमा विजुली उत्पादन हुन्छ । 

सन् २००८ बाट निर्माण शुरु भएको आयोजनाले निर्माण सम्पन्न गर्ने समझौता भन्दै झण्डै ६ वर्षपछि विद्युत उत्पान थालेको हो । 

८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष लिइएको चमेलिया समपन्न गर्दा भने १५ अर्ब रुपैयाँ खर्च भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्