
काठमाडौं, २९ माघ– प्रदेश नम्बर चारको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।
गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष मुख्यमन्त्रीका लागि प्रस्ताव दर्ता गरेका थिए ।
प्रदेश प्रमुख कुँवरले गुरुङलाई संविधान अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनको शपथग्रहण फागुन २ गतेका लागि तय भएको छ ।