
काठमाडौं, ११ फागुन– एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको नेता केशव वडालले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता र सरकार विस्तारका विषयमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्षसँग एक्लाएक्लै छलफलमा भएको सहमतिका बारेमा ब्रिफिङ गर्ने बताइएको छ ।
यसैगररी दुई पार्टीका सदस्य रहेको कार्यदलको जिम्मेवारी र सरकार सञ्चालनका विषयमा बैठकमा छलफल हुनेछ । सङ्घीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउने विषयमा कार्यदलले गरेको छलफलका बारेमा पनि बैठकलाई जानकारी गराउने तयारी छ ।