२६ जेठ २०८३, मंगलबार

विराटनगर भन्सार घोटाला प्रकरण–प्रहरीले व्यवसायीसँग विवरण माग्यो

फागुन १६, २०७४
विराटनगर भन्सार घोटाला प्रकरण–प्रहरीले व्यवसायीसँग विवरण माग्यो

विराटनगर, १६ फागुन– भन्सार शुल्क बैंकमा दाखिला नभएपछि प्रहरीले व्यवसायीहरुसँग त्यससँग सम्बन्धित विवरण माग गरेको छ । 

राष्ट्रिय बणिज्य बैंक सुख्खा बन्दरगाहा रानीमा राजश्व वापतको ९ करोड ६१ लाख ५५ हजार रुपैयाँ दाखिला नभएको पाईएपछि प्रहरीले व्यवसायी कम्पनीहरुसँग विवरण माग गरेको हो । 

व्यवसायीले एजेण्टलाई दिएको रकमको विवरणसहितका बिभिन्न प्रश्नहरुसहित व्यवसायिलाई विवरण माग गरिएको प्रहरीले जनाएको छ । तर अहिलेसम्म चार जना व्यवसायीले मात्र विवतरण बुझाएका छन् । 

प्रहरीले उक्त एकाउण्टबाट मोरङ, सुनसरी, झापा, पर्सा र काठमाण्डौ लगायतका बिभिन्न ४९ वटा कम्पनी तथा व्यवसायीहरुको नामबाट कारोवार भएको जनाएको छ । त्यो मध्य ४६ वटा कम्पनी तथा व्यवसायीहरुको कारोवार सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसको नामबाट भएको देखिएको र सम्पूर्ण कम्पनी तथा व्यवसायीहरुलाई उक्त कारोवारको भुक्तानि सम्बन्धमा यथास्थिति विवरण मात्र माग गरि अनुसन्धानमा सहयोग गर्न भनिएको मोरङका प्रहरी उपरीक्षक अरुण कुमार बिसीले जानकारी दिए । 

गत फागुन २ गते बाणिज्य बैक विराटनगर बन्दरगाहा शाखामा कर्मचारी मिलेमत्तोमा ९ करोड ६१ लाख ५५ हजार दाखिला नभएको पाईएपछि प्रहरीले भन्सार एजेण्ट करोवार गर्ने ब्यवसायीहरुसँग विवरण मागेको हो । 
सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसका प्रोप्राईटर विराटनगर ७ का सुरेश बोहोरा, सोही कम्पनीका विराटनगर ७ का  एजेण्ट ललित बोहोराले बैंकमा रकम बुझाउँदा वाउन्स चेक  दिएका थिए । कर्मचारीको मिलेमतोमा राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय सुख्खा बन्दरगाहा भन्सार काउन्टर इन्चार्ज बरिष्ठ सहायक तोर्णराज राउत बिरुद्ध पनि उजुरी परेको थियो । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय रानी बिराटनगरका निमित्त प्रबन्धक राजेश डंगोलले उनीहरुको बिरुद्ध जाहेरी  दिएका थिए । 

बोहरा दाजुभाई फरार भएपछि अनुसन्धानका क्रममा व्यापारीसँग विवरण माग गरिउको हो । सुख्खा बन्दरगाहा कार्यालयमा अवस्थित भन्सार काउन्टर मार्फत भन्सार कार्यालयको प्रज्ञापन पत्र बमोजिमको भन्सार दस्तुर बापतको रकम भन्सार क्लियरिङ प्रयोजनार्थ भन्सार कार्यालयको खातामा जम्मा गर्ने र बैंकले भन्सार तिरेको रसिद दिने चलन रहेको छ । तर यो क्रम बैकका कर्मचारी र भन्सार एजेन्टहरु मिलेर भन्सार कार्यालयको खातामा जम्मा गर्नु पर्ने रकम ९ करोड ६१ लाख ५५ हजार नोक्सानी गरेको प्रहरीको अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक विसीले जानकारी दिए ।  

यो रकम २०७४ पुस ९ गते देखि माघ १९ गते सम्म ८ वटा एकाउन्ट पेयी वाउन्स चेकको हो । यही मितिमा १८ करोड ४० लाख ४४ हजार ७ सय ६५ रुपैयाँ भने सोही तिनै एजेण्ट मार्फत जम्मा भएको देखिएको छ । ९ करोड ६१ लाख ५५ हजार भने ८ वटा वाउन्स चेकको आधारमा बैकलाई नोक्सानी पु¥याएको देखिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार नविल बैंकको १, सिटिजन बैंकको ३, एभरेष्ट बैंक १, नेपाल एस बि आई वैंकको १, सिद्दार्थ बैंकको १ र नेपाल बंगलादेश बैंकको १ गरि जम्मा ८ वटा चेक वाउन्स भएको बिसीले जानकारी दिनुभयो । सबै चेक बैंकका कर्मचारीले भन्सार क्लियरेन्स रिसिप्ट भन्सार एजेन्टलाई दिएको तर उक्त चेकहरुमा पर्याप्त रकम नभएको कारण बैंकलाई ९ करोड ६१ लाख ५५ हजार बराबरको हानि पु¥याएको भन्दै प्रहरीले २ जना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गुड फर पेमेन्ट वा मेसेन्जर चेक लिनु पर्नेमा त्यसो नगरेको प्रहरीको भनाइ छ । 

पक्राउ पर्नेमा भोजपुर नगरपालिका ४ का सुख्खा बन्दरगाहा रानी बिराटनगरका भन्सार काउण्टर इन्चार्जको बैकका वरिष्ठ सहायक तोर्णराज राउत र राष्ट्रिय बाणिज्य बैंक बन्दरगाहा शाखा प्रमुख विष्णुप्रसाद निरौला आजै प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुले  भन्सार एजेण्ट सँग मिलेर बैकिङ कसुर गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैलाई उच्च अदालत बिराटनगरमा पेश गरि म्याद थप गरि अनुसन्धान थालिएको छ ।  आज बिहान मात्र लोकान्तरले घटना सार्बजनिक नगरेको बारेमा समाचार प्रकाशन गरे लगत्तै  प्रहरीले घटनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । 

प्रतिवादी तोर्णराज राउतको वयानको आधारमा बैंकका शाखा प्रबन्धक बिष्णु प्रसाद निरौलालाई पक्राउ गरिएको हो । भन्सार एजेन्ट ललित बोहरा र सुरेश बोहोरा भने फरार रहेका छन् । उनीहरुको बिषयमा खोजी भईरहेको छ । 

पक्राउ परेका ६० दिनसम्म हिरासतमा

प्रहरीले पक्राउ गरेका २ जना राउत र निरौलालाई ६० दिनसम्म अनुसन्धान गर्न सक्ने छ । अनुसन्धानका आधारमा प्रहरीले  बैकिङ कसुर र सजाय ऐन २०६४ अनुसार मुद्दा दायर गर्ने जनाईएको छ । उनीहरु दोषि ठहर भए कसुरको आधारमा १० करोडसम्म बिगो भराउने तथा ४ देखि ६ बर्षसम्म जेल जान सक्ने कानूनी ब्यवस्था भएको प्रहरीले जनाएको छ । 

विराटनगर भन्सारमा १० करोड घोटाला–वाणिज्य वैंकका दुई जना कर्मचारी पक्राउ

 

salt training

कमेन्ट गर्नुहोस्