२६ जेठ २०८३, मंगलबार

राष्ट्रियसभा सदस्यद्वारा शपथ ग्रहण

फागुन २०, २०७४
राष्ट्रियसभा सदस्यद्वारा शपथ ग्रहण

काठमाडौँ, २० फागुन– संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका निर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित राष्ट्रियसभाको सभाहलमा शपथ गराएकी हुन् ।  यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य भट्टलाई शपथ गराएकी थिइन् । 

शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाएका थिए ।  यस लगत्तै सांसदहरु सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा सहभागी भएका छन् । 

५६ सदस्यीय राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो । सरकारको शिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना राष्ट्रिय सभाका सांसदे भने आज शपथ ग्रहण गर्न पाएनन् । सर्वोच्च अदालतले उनीहरुको शपग्रहणमा रोक लगाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्