२६ जेठ २०८३, मंगलबार

नयाँ शक्तिको पार्टी प्रचार विभाग प्रमुखमा विश्वदीप पाण्डे

फागुन २१, २०७४
नयाँ शक्तिको पार्टी प्रचार विभाग प्रमुखमा विश्वदीप पाण्डे

काठमाडौं २१ फागुन–नयाँ शक्ति पार्टी नेपालले प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य विश्वदीप पाण्डेलाई दिएको छ । 

आइतवार काठमाडौंमा सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकले पाण्डेलाई पार्टी प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको हो । 

नयाँ शक्ति पार्टी स्थापनादेखि नै पाण्डेले अनौपचारिक ढंगले प्रचार विभागको काम गरेका थिए । पाण्डे माओवादी सशस्त्र जनयुद्धको समयदेखी डा बाबुराम भट्टराईको सचिवायलमा कार्यरत छन् । 

पार्टी प्रवक्ताको जिम्मेवारी भने प्रशान्त सिंह र डम्बर खतिवडाले पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्