×

NMB BANK
NIC ASIA

लहरो तान्दा पहरो !

प्रधानन्यायाधीश विवादमा नयाँ ‘ट्विस्ट’, कल्याण श्रेष्ठले पराजुलीका कागजात प्रमाणित गरेको खुलासा [कागजात सहित]

प्रशान्त ओझा

फागुन २१, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २१ फागुन — प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रलाई सही (सक्कल) भएको प्रमाणित करीब ३९ वर्षअघि सर्वोच्च अदालतका तत्कालीन शाखा अधिकृत कल्याण श्रेष्ठ (जो पछि प्रधानन्यायाधीश भए) ले गरेको खुलासा भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानन्यायाधीश पराजुली हाल उनको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा उल्लेखित जन्ममिति लगायतका विवरण विवादास्पद भएको आरोप झेलिरहेका छन् । श्रेष्ठ विभिन्न चरण पार गर्दै प्रधानन्यायाधीश भएर अढाइ वर्षअघि सेवानिवृत्त भइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो छ विवरण 


Advertisment
Nabil box
Kumari

हालका प्रधानन्यायाधीश गोपाल पराजुलीले अधिवक्ताको इजाजत पत्र (लाइसेन्स) पाऊँ भनी २०३६ साल असार २७ गते सर्वोच्च अदालतमा निवेदन दिन्छन् ।

Vianet communication
Laxmi Bank

उक्त निवेदन सर्वोच्चमा त्यतिबेला शाखा अधिकृतका रूपमा कार्यरत कल्याण श्रेष्ठको टेबलमा पुग्छ ।

श्रेष्ठले पराजुलीको नागरिकताको प्रमाणपत्र र अन्य शैक्षिक योग्यताका प्रमाणपत्र रुजु गर्छन् र असार २७ गते नै पराजुलीका नागरिकता, शैक्षिक योग्यता लगायत समावेश भएको फाइल सदर गर्छन् । 

‘गोपाल पराजुलीलाई म राम्रोसँग चिन्दछु । निजको चरित्र राम्रो छ’ भनेर श्रेष्ठले पराजुलीको फाइल सदर गर्छन् र अधिवक्ताको इजाजतपत्रका लागि सिफारिश गर्छन् ।

श्रेष्ठको सिफारिशमा सर्वोच्चका तत्कालीन रजिस्ट्रार हरगोविन्दसिंह प्रधानले २०३६ साल भदौ ३ गते पराजुलीलाई अधिवक्ताको लाइसेन्सको प्रमाणपत्र दिन्छन् ।

यो विवरणअनुसार सर्वोच्च अदालतको शाखा अधिकृतको हैसियतमा कार्यरत कल्याण श्रेष्ठले पराजुलीले पेश गरेको नागरिकता र शैक्षिक योग्यताका कागजात रुजु गरी ठीक ठहर गर्दै अधिवक्ताको लाइसेन्स दिने फाइल सदर गर्दै निर्णयमा हस्ताक्षर गरेको भेटिएको हो । 

अहिले बार काउन्सिलले अधिवक्ताको लाइसेन्स प्रदान गर्छ । उतिबेला अहिलेजस्तो बार काउन्सिल थिएन । वकिलले लाइसेन्स प्राप्तिका लागि सर्वोच्चमा आफ्नो नागरिकता तथा शैक्षिक योग्यताका प्रमाणपत्र पेश गर्नुपर्ने कानूनी व्यवस्था थियो । 

त्यही कानूनी प्रावधानमा टेकेर पराजुलीले सर्वोच्चमा निवेदन दिएको, उनको फाइललाई श्रेष्ठले अध्ययन गरेको, पराजुलीले पेश गरेका नागरिकता र प्रमाणपत्र सबै ठीक छन् भनेर हस्ताक्षर गरी अधिवक्ताको लाइसेन्स दिन सिफारिश गरेको अभिलेखमा भेटिएको हो । 

‘प्रधानन्यायाधीश पराजुलीको जन्ममिति फरक–फरक परेको र एसएलसीको प्रमाणपत्र पनि शंकास्पद देखिएको भनेर बाहिर आएको छ,’ एक पूर्वन्यायाधीशले लोकान्तरसँग भने, ‘यदि पराजुलीका कागजपत्र बाहिर प्रचार गरिएजस्तै शंकास्पद, विवादास्पद या नक्कली हुन् भने उनी त कारबाहीको भागीदार हुने नै छन्, यसमा कल्याण श्रेष्ठ पनि विवादमा तानिन्छन् किनभने नक्कली कागजातलाई सक्कल भन्दै हस्ताक्षर गर्ने पनि किर्ते मुद्दामा उम्कन सक्दैनन् ।’

के भन्छ कानून ?

मुलुकी ऐनको किर्ते कागजको महल र भ्रष्टाचार नियन्त्रण ऐन २०५८ मा नक्कली कागजातलाई सक्कली भनेर प्रमाणित गर्नेमाथि सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा कारबाही हुने व्यवस्था छ । भ्रष्टाचार नियन्त्रण ऐनले त सरकारी छाप र दस्तखत किर्ते गर्नेलाई भ्रष्टाचार गरेको ठहर गरी जेल सजायसम्म हुने व्यवस्था गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x