×

Nic Asia
Dabur
Prabhu Bank

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालको मर्यादाक्रम र सुविधा मन्त्रीस्तरको

फागुन २३, २०७४

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

काठमाडौं, २३ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको मर्यादाक्रम र सेवासुविधा मन्त्रीसरह कायम भएको छ ।

yONNEX
Frooti
Appy

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमार्फत् रिमालको मर्यादाक्रम र सेवासुविधा मन्त्रीस्तरको हुने निर्णय गराएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोही बमोजिमको नियुक्ति पत्र रिमाललाई उपलब्ध गराएको हो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

मन्त्रीसरहको मर्यादाक्रम र सुविधामा प्रधानमन्त्रीको सल्लाहकार बन्ने रिमाल सम्भवतः पहिलो व्यक्ति हुन् । उनी पहिलोपटिक ओली प्रधानमन्त्री हुँदा पनि राजनीतिक सल्लाहकार थिए ।


Advertisment
Lokantar App
Saurya island

रणनीति, विश्लेषण र सम्भावित परिघटनाको मूल्यांकन गरेर समाधान पहिल्याउन रिमाल प्रखर मानिन्छन् । विवादरहित छवि वनाएका उनले एमाले पार्टीका घोषणा, समृद्धीका योजना, रणनीति र चुनावी दस्तावेज निर्माणमा सक्रिय भूमिका निभाएका थिए ।

JYOTI
Vianet communication

एमालेभित्र उनी लामो समयदेखि केपी ओली निकट रहेर काम गर्दै आएका छन् । विषयवस्तु छिटो बुझ्ने, विश्लेषण गर्ने र लेखन क्षमता भएका कारण उनलाई ओलीले विश्वास गर्ने गरेको जानकारहरू बताउँछन् ।

नुवाकोट स्थायी घर भएका रिमाल ३०३५/०३६ को विद्यार्थी आन्दोलनमार्फत तत्कालीन भूमिगत पार्टी–नेपाल कम्युनिष्ट पार्टी (माले) हुँदै राजनीतमा प्रवेश गरेका थिए ।

पार्टीको विभिन्न तहमा काम गरिसकेका उनी २०६५ मा भएको नेकपा–एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी, पोलिटव्यूरो सदस्यमा निर्वाचित भए ।

राजनीतिक उतारचढावसँगै विभिन्न समय जेल परेका उनी २०४४ सालदेखि राजनीतिक संगठनको रूपमा मजदुर संगठनबीच क्रियाशिल छन् । २०६५ को पाँचौं राष्ट्रिय महाधिवेशनबाट जिफन्टको अध्यक्ष निर्वाचित भएका उनी २०३८ देखि २०४० सम्म स्थानीय विकास मन्त्रालयअन्र्तगत सार्वजनिक निर्माण शाखा, धादिङ र मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत सिभिल इञ्जिनियरिङको ओभरसियर पदमा कार्यरत थिए ।

रिमाल मजदूरका पेशागात हक अधिकार, राजनीति र साहित्य गरी २९ वटा कृतिका लेखक, सहलेखक र सम्पादकसमेत हुन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २६, २०८०

प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केदार कोइरालाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक रहेको बताएका छन् ।  शुक्रवार आयोगले बोलाएको सर्वदलीय बैठकमा एमालेले जिल्ला निर्वाचन का...

जेठ २६, २०८०

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले असार १ गतेदेखि गंगबुस्थित बसपार्कबाट मात्रै यात्रुबाहक बस छुट्ने व्यवस्था अन्त्य गर्न काठमाडौं महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन् ।  शुक्रवार प्र...

जेठ २६, २०८०

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिने बताएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज आयोज...

जेठ २६, २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् । आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उनले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने...

जेठ २७, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले फेरि सभापति हुन्छु नभनेको स्पष्ट पारेका छन् । नेपाल डेमोक्र्याटिक लयर एशोसिएशन (डीएलए) को ११औं राष्ट्रिय महाधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उनले सबै मिलेर प्...

जेठ २६, २०८०

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन् ।  पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले शुक्रवार ...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x