×

NMB BANK
NIC ASIA

प्रदेश २ मा प्रमुख प्रतिपक्षी बन्न एमाले-कांग्रेसबीच लडाईं, बैठकमै भयो लफडा

फागुन २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २५ फागुन- प्रदेश नम्बर २ को प्रदेशसभा बैठक शुरु हुनुअघि शुक्रबार रोचक दृष्य देखियो । प्रदेशसभा सचिवालयले सदनको बायाँ रोमा एमाले सांसदहरू बस्ने डेक्सअगाडि प्रमुख प्रतिपक्ष भनेर स्टिकर टाँसेको थियो ।

Sagarmatha Cement
Muktinath Bank

जब कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सभाहलमा प्रवेश गरे, तब लफडा शुरु भयो । यादवले प्रमुख प्रतिपक्षी दलको स्टिकर एमालेलाई किन दिइएको भन्दै आपत्ति जनाए । एमाले र माओवादी केन्द्रले सरकारलाई समर्थन गरेकाले प्रमुख प्रतिपक्षी आफूहरू रहेको उनको जिकिर थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी यदि एमालेलाई नै प्रमुख प्रतिपक्षको रो दिने हो भने आफू आफ्नो सिटमा नै नबस्ने तथा सदन चल्दासम्म उभिएरै रहने चेतावनी दिँदै पड्किएका थिए ।


Advertisment
Nabil box
Kumari

सदनमा सरकारबाहिरको सबैभन्दा ठूलो दललाई प्रमुख प्रतिपक्ष मान्ने गरिन्छ । प्रमुख प्रतिपक्षी दलको नेताले आकर्षक सेवा/सुविधासमेत पाउँछन् ।

Vianet communication
Laxmi Bank

प्रदेश २ को प्रदेशसभामा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपाल र दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी सरकारमा छन् । तेस्रो ठूलो दल एमाले, चौंथो कांग्रेस र पाँचौं माओवादी केन्द्र हुन् ।

त्यसैले सरकारभन्दा बाहिरको ठूलो दलको हैसियतमा संसद सचिवालयले एमालेलाई प्रमुख प्रतिपक्ष मानेको थियो । यद्यपि यही फागुन १० गते मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिँदा कांग्रेसबाहेकका सबै दलले पक्षमा मतदान गरेका थिए ।

सरकार बाहिरैबाट समर्थन दिँदै एमाले र माओवादीका सांसदहरूले पनि पक्षमा मतदान गरेका हुन् । त्यसै वैधानिकरूपमै आफूहरू प्रमुख प्रतिपक्षी भएको कांग्रेसको दाबी छ ।

कांग्रेस संसदीय दलका नेता यादवले आपत्ति जनाउँदै बैठक चल्न नदिने अडान लिएपछि एमालेको डेस्कबाट प्रमुख प्रतिपक्षको स्टिकर हटाएर एमाले, कांग्रेस तथा माओवादी तीनवटैकोमा प्रतिपक्षी भनेर टाँसियो ।

प्रदेश २ मा फोरमका २९, राजपा नेपालका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेपाल संघीय समाजवादी पार्टीका १ र स्वतन्त्र १ सांसद छन् ।

तीनवटै दल सभामुखको बायाँतर्फ

प्रदेशसभामा सभामुख सरोजकुमार यादव बस्ने रोको बायाँतर्फ एमाले, कांग्रेस र माओवादीका सांसदहरूलाई बस्ने व्यवस्था गरिएको छ । तीनवटै दल प्रतिपक्षी रोमा बसे पनि एमाले–माओवादीले सरकारका पक्षमा मतदान गरेकाले आफूहरू नै प्रमुख प्रतिपक्षी रहेको कांग्रेसको जिकिर छ ।

‘फोरम र राजपा गठबन्धनले नेतृत्व गरेको प्रदेश सरकारलाई एमाले र माओवादी केन्द्रले समर्थन गरिसकेपछि अब उनीहरू पनि सत्तापक्ष नै भइसके,’ कांग्रेस संसदीय दलका नेता यादवले भने, ‘प्रमुख प्रतिपक्षी दल स्वाभाविकरूपले कांग्रेस हो, त्यसकारण प्रमुख प्रतिपक्षी दलको नेता म नै हुँ ।’

यद्यपि एमाले संसदीय दलका नेता सत्यनारायण मण्डल भने आफू नै प्रमुख प्रतिपक्षी दलको नेता भएको जिकिर गर्छन् । ‘हामीले यो सरकारलाई बाहिरबाट समर्थन गरेको हो, सरकारमा सहभागी भएको होइन,’ मण्डलले भने, ‘फोरम र राजपा सरकारमा छ । एमाले तेस्रो ठूलो दल भएकाले प्रमुख प्रतिपक्षी दलको रूपमा एमाले नै रहने छ ।’

उनको कुरामा माओवादी केन्द्रका सांसद रामचन्द्र मण्डल पनि सहमति जनाउँछन् । ‘संघीयतालाई र प्रदेशलाई परिपक्व बनाउनका लागि गुण र दोषको आधारमा हेर्ने गरी हामीले बाहिरबाट मात्रै समर्थन गरेको हो, हामी पनि प्रतिपक्षी छौं,’ उनले भने, ‘सरकारले हामीलाई सत्तापक्ष बनाउन कुनै चासो नै दिएको छैन ।’

केन्द्रमा फोरम–राजपासमेत सरकारमा सहभागी भएर गठबन्धन बने प्रदेशसमा पनि त्यो सम्भावना भने रहेने उनको भनाइ छ । ‘माथि गठबन्धन नबनेको खण्डमा पनि प्रदेश सरकारले हामीलाई सत्तामा लान चाहन्छ भने त्यसका लागि हामी अझै पनि खुला छौं,’ मण्डलले भने ।

प्रदेश २ मा कुल १०७ सांसद छन् ।

पाँच मिनेट मात्र बस्यो बैठक

शुरुमै विवाद भएर शुरु भएको संसद बैठक ५ मिनेटमात्र बस्यो । सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटप्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाए । त्यसपछि बैठक फागुन २७ गते आइतबार सम्मका लागि स्थगित गरियो ।

बैठकअघि कार्यव्यवस्था समितिको बैठकबाट को प्रमुख प्रतिपक्षी भन्ने कुरा टुङ्ग्याउने भनिए पनि यसविषयमा छलफल नै भएन ।

आगामी बैठकअघि पनि यो विवाद सल्टिने सम्भावना नदेखिएको कांग्रेस संसदीय दलका नेता यादव बताउँछन् । ‘आगामी बैठकमा आर्थिक नियमावलीसम्बन्धी विधेयक ल्याउन सरकारले तयारी गरेको छ, त्यसपछि २८ गते राष्ट्रपतिको निर्वाचनका लागि सांसदहरू काठमाडौं जानुपर्ने हुन्छ, त्यसैले तत्काल समधान हुने छाँटकाँट देखिएको छैन,’ यादवले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x