२६ जेठ २०८३, मंगलबार

प्राविधिक क्षमता बढाउन नेपालमा अमेरिकाले थप सहयाेग गर्ने

फागुन २५, २०७४
प्राविधिक क्षमता बढाउन नेपालमा अमेरिकाले थप सहयाेग गर्ने

काठमाडौँ, २५ फागुन– रक्षामन्त्री ईश्वर पोखरेलले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत एलाइना बी टेपलिजसँग आज अपराह्न रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको परस्पर सम्बन्ध र सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् ।

मन्त्री पोखरेलले नेपालको बृहत्तर विकासका लागि अमेरिकाको निरन्तर सहयोग अपेक्षित रहेको बताउँदै सरकारले मित्रराष्ट्र अमेरिकासँग आपसी सहयोग र सम्बन्ध थप विकास र बिस्तार गर्न चाहेको स्पष्ट पारे । 

राजदूत टेपलिजले नेपालको राजनीतिक परिवर्तनको स्वागत गर्दै नेपालको शान्ति प्रक्रिया विश्वमा नै अनुकरणीय भएको र वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गरेर नेपालको राजनीति स्थिर हुनेमा आफू आशावादी रहेको उल्लेख गरिन् । 

उनले नेपाली सेनाले विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट पीडितको उद्धार गर्ने र संयुक्त राष्ट्रसंघ मातहत रहेर शान्ति कायम राख्ने कुरामा पुर्याएको योगदानको सराहना गरिन् । उनले नेपाल–अमेरिकाबीच परस्पर सैनिक तालीमका माध्यमबाट दुवै देशको सैनिकको क्षमता अभिवृद्धि भएको बताउँदै नेपालमा बाँध, जलविद्युत् र अन्य इञ्जिनीयरिङ क्षेत्रमा प्राविधिक सहयोग प्रदान गरी क्षमता अभिवृद्धि गराइने वचन दिइन् ।  

salt training

कमेन्ट गर्नुहोस्