×

NMB BANK
NIC ASIA

सुष्मा स्वराज नेपाल आउनु दुई दिनअघि युवराज खतिवडा किन गए दिल्ली ?

फागुन ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको राजनीतिमा उत्तर र दक्षिणको केही चासो छैन भनिए पनि अबको केही दिनमा केही कुरा प्रष्ट हुँदैछन् । भारत र चीनलाई नचिढ्याउने गरी सन्तुलित परराष्ट्र नीतिको नाममा भाँडिएका दुई विशाल परियोजना दुवै ठूला छिमेकीलाई जिम्मा लगाउने सम्भावना प्रवल बनेको छ । 

Muktinath Bank

डा.युवराज खतिवडा सितिमिति, आकस्मिक रुपमा छप्पर फाडेर अर्थमन्त्री बन्न आइपुगेका हैनन् । भर्खर के कुरा खुल्दैछ भने भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनु दुई दिनअघि उनी दिल्ली उडेका रहेछन्, सुटुक्क । कसको सन्देश लिएर गए ? उताबाट के खुराक लिएर आए ? त्यसबेला लोप्रोफाइलमा रहेका व्यक्तिबारे चासो पनि राखिएन । तर, कुरा निक्कै अर्थपूर्ण छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


निजगढ–काठमाडौं द्रूतमार्ग निर्माणको काममा नेपाली सेना लागिसकेको छ । तर, अहिले फेरि भारतलाई त्यो मेगाप्रोजेक्ट दिनुप-यो भन्ने कुरा उठाइँदै छ । त्यसलाई ब्यालेन्स गर्नका लागि बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला शुरु भएर, जनार्दन शर्मा उर्जामन्त्री रहँदा रातारात सम्झौता गरी शेरबहादुर देउवाको पालामा रद्द भएको बूढीगण्डकी जलविद्युत परियोजना फेरि चीनको गेजुवा कम्पनीलाई नै दिने गरी एउटा काम अघि बढ्ने सम्भावना देखिएको छ ।


Advertisment
Nabil box
Kumari

केपी ओलीलाई अप्रिल पहिलो साता भारत भ्रमणको निम्ता प्रस्ताव भएको छ । भारतीय दलालको रुपमा चिनिएका ‘अक्टोपस’ अमरेशकुमार सिंहहरू पनि यसबीच ‘फास्ट ट्रयाक भारतलाई दिने हो भने मोदीजी तुरुन्तै नेपाल आउन तयार छन्’ भन्दै गीत गाउन थालिसकेका छन् । विमलेन्द्र निधिले टाउकै फुटाउँदा पनि जिम्मा लगाउन नसकेको फास्ट ट्र्याकमा दक्षिणको रुचि किन पनि बढेको छ भने, भारतसँग सिमाना जोडिने प्रमुख राजमार्गसहित जलविद्युत परियोजनाहरूको नाममा अरु देश नेपालतिर नछिरून् भन्ने उसको शुरुदेखिकै जिकिर हो । सँगसँगै कनेक्टिभिटीको कुरा पनि छ । हुलाकी राजमार्ग, पूर्वपश्चिम रेलमार्गजस्ता परियोजना भौगोलिक रुपमा दक्षिणसँग नजिक हुनुका कारण भारत प्रभावित हुने नै भयो । यससम्बन्धी केही सर्भेको काम विजय गच्छदार भौतिक योजना मन्त्री हुँदा भारतीय रेल्वेलाई दिइसकिएको छ । 

Vianet communication
Laxmi Bank

यसअघि चीनले केरुङ हुँदै लुम्बिनी रेल पु-याउने प्रस्ताव ल्याएलगत्तै भारतले पनि भनेको थियो– ‘लुम्बिनीसम्म रेल त हामी नै ल्याइदिन्छौँ !’ 

तर, भारतको कुरामा कति भर पर्ने ? राजा वीरेन्द्रकै पालामा उसले कर्णालीपारिका २२ वटा पुल बनाउने जिम्मा लिएको थियो । तर, बचन दिएको वर्षौंसम्म ती पुल बनेनन् । फलतः नेपालीले आफ्नो भूभाग आवत–जावतका लागि भारतीय बाटो समाउनुपथ्र्यो । दक्षिणतिर चीनको उपस्थिति नहोस् भन्ने सधैँको भारतीय चाहना हो । सुरक्षाका कारणले यसो भनिनु ठीकै पनि होला । चीनले पनि उत्तरतिर भारत नआइदिए हुन्थ्यो भन्ने आशय राख्ने नै भयो ।

नेपालका भौतिक परियोजना (सडक, यातायात), उर्जा उत्पादन, जलस्रोत र जडीबुटीका विषय हुन्, दुई छिमेकीले निरन्तर चासो राख्ने । कुनै पनि परियोजनाको लाइसेन्स हातमा राखेपछि वर्षौंसम्म होल्ड गर्न सकिने भयो । जस्तो कि महाकाली सन्धि भएको २२ वर्ष बितिसकेको छ । अहिलेसम्म कार्यान्वयन नभएर बसेको छ । सन्धि गराउन मुख्य भूमिका खेल्ने केपी ओली नै प्रधानमन्त्री छन् । उत्तरतिर दक्षिणको रुचि कस्तो छ भन्ने कुरा त कीर्तिनिधि विष्ट प्रधानमन्त्री रहँदा उत्तरतिरका २८ वटा चेकपोष्ट हटाउनुपरेको घटनाबाटै बुझ्न सकिन्छ । जवाहरलाल नेहरूले भारतीय संसदमा आफ्नो देशको सिमाना उत्तरमा हिमालयसम्म हो भनेको कुरासमेत यहाँनेर स्मरणीय छ । त्यसैले डा.युवराज खतिवडालाई किन रोजियो ? अर्थमन्त्री बन्न ठिक्क पारिएका माधव घिमिरे लैनचौरस्थित दूतावास छिरेर निस्कनासाथ कसरी गृह र परराष्ट्रमन्त्री भए अनि कसरी पशुपतिनगर र लुम्बिनीमा भारतीय चेकप्वाइन्ट राख्ने अनुमतिमा हस्ताक्षर गरे ? बुझ्न गाह्रो नभएको समाचार आजको जनआस्था साप्ताहिकमा छ ।

आफूसँग सुविधाजनक बहुमत हुँदाहुँदै भारतनिकट भनिएका सबै मधेसीलाई सरकारमा नल्याई नहुने आवश्यकता किन प-यो ? यसको धेरै चुरो कुरा जोडिने अवस्था सिर्जना हुँदैछ । हामीचाहिँ अर्थमन्त्री ईश्वर पोखरेल हुनुपथ्र्यो, कसरी डा.खतिवडा हुन पुगे ? भनेर मथिंगल खल्बल्याउँदै छौँ ।

सम्भवतः आजभोलिमै मन्त्रिपरिषद् विस्तार हुँदैछ । फोरम सरकारमा जाने निश्चित भएपछि र राजपालाई पनि ध्यानमा राखेर पूर्वनिर्णय संशोधन गर्दै कम्तीमा दुई मन्त्रालय थप्ने कसरत छ । प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयसहित प्रदेश समन्वय र संघीय सरकारका मन्त्रीहरूलाई समन्वय गर्नका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मन्त्रालयमा प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने भएका छन् । ०७० को निर्वाचनमा सिराहाबाट प्रचण्डसँग उठेर जित्दाजित्दै पनि नाटकीय शैलीमा हराइएका, अर्थात् अन्यायमा पारिएका एमाले केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठलाई कानुन मन्त्री बनाउने तयारी छ । भौतिक योजना तथा निर्माण मन्त्रीमा रघुवीर महासेठलाई लगिने भएको छ । लालबाबु स्वास्थ्यतिर जाँदै छन् । ७ र ५ नं. प्रदेशबाट भने क–कसलाई मन्त्री बनाउने टुंगो लागिहालेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x