×

NMB BANK
NIC ASIA

शान्ता, जसले आफ्नो कलेजोको टुक्रा काटेर डाक्टरलाई बचाइन्

चैत १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं वरिष्ठ चिकित्सक प्रा डा गोविन्द शर्माको निधन भएको छ ।  त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशकसमेत रहेका मुटु शल्यचिकित्सक शर्माको ७५ वर्षको उमेरमा निधन भएको हो । केही समयअघि देखि कलेजोले काम गर्न छाडेपछि उनलाई भान्जी शान्ता दाहालले उनलाई कलेजो दान गरेकी थिइन् । डा गोविन्द शर्मालार्इ कलेजो दिएकी भान्जी शान्ताबारे केही समय अघि लोकान्तरले कुराकानी गरेको थियो जसलार्इ हामीले पुन पोष्ट गरेका छौ ।

Muktinath Bank

छ वर्षअघि काठमाडौं कपन नारायण चोककी शान्ता दाहालको घरमा उनका मामा सर्जन डाक्टर गोविन्द शर्माको फोन आयो । मंसिरको साँझमा आएको उक्त फोन शान्ताका श्रीमान् पुरुषोत्तम दाहालले उठाएछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘खै मरिन्छ कि क्या हो, कसैले सहयोग गर्लान् जस्तो छैन ।’


Advertisment
Nabil box
Kumari

शर्माले दाहाललाई सारमा यत्ति भनेका थिए । शान्ता घरको माथिल्लो तल्लामा आराम गरिरहेकी थिइन् । दाहालले शायदै सोचेका थिए शर्मालाई आफ्नै घरबाट सहयोग पुग्छ ।

Vianet communication
Laxmi Bank

माथिल्लो तल्लामा रहेकी शान्ताले आफ्ना श्रीमान् र मामाको बीचमा भएको कुराकानी सुनेकी थिइन् । दाहालको घरमा शर्माको फोन जीवनयाचना लिएर नै छिरेको थियो ।

श्रीमानले मामासँग कुराकानी गरेर सके । त्यसपछि चाहिँ उनी आफ्नै काममा लागे । माथिल्लो तल्लाबाट शान्ता तल झरिन् । अनि मामालाई फोन लगाइन् ।

खै के सोचेर उनले भनिन्, ‘मामा, अरूले सहयोग नगरेपनि मैले सहयोग गरिहाल्छु नि, चिन्ता लिनुपर्दैन ।’

यता मामा र श्रीमतीबीचको कुराकानी पुरुषोत्तमले सुनेका रहेछन् । त्यसपछि चाहिँ दाहाल परिवारमा गहिरो सन्नाटा छायो । 

डा। शर्मा यो देशका कहलिएका डाक्टरहरूकै सूचीमा थिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति समेत भइसकेका शर्माको अत्यधिक मदिरा र चुरोट सेवनका कारण कलेजोमा क्यान्सर देखिएको थियो । क्यान्सरले कलेजो ध्वस्त पारेपछि शर्माले कोही आफन्तहरूले कलेजो दान दिन्छन् कि भनेर याचना गरिरहेका थिए ।

शुरुशुरुमा शर्माका अरू आफन्तले कलेजो दिन्छु भनेका पनि हुन् । तर दिनु नै पर्ने भएपछि भने उनीहरू अनेक बहाना बनाएर तर्किए । शर्मा आफ्नो पीडा सुनाउन एक गरीब पत्रकारको घरमा छिरे ।


सामान्य अवस्थामा शर्माले बिरलै सम्झन्थे दाहाल परिवारलाई । आफूलाई दुःख परेपछि भने सम्झे । अकस्मात् शान्ताले आफ्नो कलेजो काटेर मामालाई सहयोग गर्ने निर्णय गरिन् । त्यो पनि घरपरिवार कसैसँग सल्लाह नै नगरी ।

‘त्यसपछि मामाले सबैलाई भान्जीले कलेजो दिने भइन् भनेर खुशी व्यक्त गर्नुभएछ,’ शान्ताले पाँच वर्षअघिको घटना सम्झँदै लोकान्तरसँग भनिन्, ‘मामालाई कलेजो दिन तयार हुँदा घरपरिवार कोही पनि तयार हुनुभएन ।’

कलेजो नै काटेर दिने भनेपछि शान्तालाई घरपरिवारले त्यसो नगर्न सम्झाएका थिए । बिरामी मान्छे किन कलेजो दिनुप–यो र भन्ने उनीहरूको तर्क थियो । तर उनले आफूले कलेजो दिने निर्णय फिर्ता गरिनन् । 
‘श्रीमानले त केही भन्नुभएन तर छोराछोरीलाई भनेर एकपटक सोच्न लगाउनुभयो,’ उनी भन्छिन्, ‘तर मैले मामालाई कलेजो दिने निर्णय गरें ।’ 

शान्ताका श्रीमान् पुरुषोत्तमले शान्ताले आफ्ना मामालाई कलेजो दिएपछि सोही घटनामा आधारित रहेर लेखेको उपन्यास ‘शान्ता’मा भनेका छन्, ‘यो उनको अधिकार थियो त्यसैले म आफूले केही नभन्ने निर्णय गरें, तर छोराछोरीलाई चाहिँ एकपटक भन्न पठाउँछु ।’

शान्ताले पाँच वर्षअघि भारतको मेदान्त अस्पतालमा आफ्ना मामा शर्मालाई आफ्नो कलेजोको आधा टुक्रा काटेर दिएकी थिइन् । घरपरिवार, डाक्टरहरू लगायतले उनको उक्त निर्णयमा धेरैपटक सोच्न अनुरोध गरेका थिए ।
‘तेईस घण्टा लामो अप्रेसन गरेर मैले मामालाई कलेजो दिएको थिएँ,’ उनी ती दिनहरू सम्झँदै भन्छिन्, ‘मेरो होश तीन दिनमा आयो, मामाको होश भने चार दिनमा आयो ।’ 

कसैले खुशीले दियो भने बेग्लै कुरा, नत्र कोही मान्छे मरेको अवस्थामा मात्रै परिवारको स्वीकृतिमा कलेजो स्थानान्तरण गर्न सकिन्छ । भारतमा कसैले पैसाले बेचेर केलेजो दिएमा एक करोडसम्ममा शर्माले कलेजो पाउनसक्ने अवस्था रहन्थ्यो ।

तर शान्ताले मामासँगै गएर भारतको मेदान्त अस्पतालमा कलेजो दिने निर्णय गरिन् । दिने मान्छेको ज्यान जोखिममा नपर्ने सुनेकी उनले आफूलाई केही हुँदैन भन्ने विश्वास लिएकी थिइन् । तर उनीहरू अस्पतालमा हुँदा नै दिने मान्छेको समेत निधन भएको उनले देखिन् ।

‘८४ वटा टाँका लगाएको छ, लामो समयसम्म त मलाई खुब दुःख भयो,’ उनले भनिन्, ‘तर कलेजो दिएर व्यर्थैको दुःख पाएँछु जस्तो चाहिँ कहिल्यै पनि लागेन ।’ 

कलेजो दिने निर्णय गरेर मात्रै नहुँदो रहेछ । भारतमा गएर कलेजो स्थानान्तरण गर्न खुब गाह्रो । शारीरिक दुःख त थियो, नै कागज पत्र मिलाउन पनि साह्रै गाह्रो । कलेजो लिनेको, दिनेको अनि सम्बन्धित देशको राजदूतावासको अनुमतिपत्र सबै चाहिने रहेछ । 

तर संयोगले शान्ताका श्रीमान् देशका वरिष्ठ पत्रकार परे । उनले राजदूतावासबाट काम नबन्ने देखेपछि नेपालको राजनीतिक नेतृत्वमा कुरा पु–याएर कागजपत्र मिलाए ।

‘त्यसबेला बाबुराम भट्टराई प्रधानमन्त्री हुनहुन्थ्यो,’ उनले भनिन्, ‘श्रीमानले बाबुराम भट्टराईलाई दूतावासमा भन्न लगाउनुभयो, अनि बल्ल कागजपत्र सल्टिएको थियो ।’ 

शान्ताका अनुसार त्यसबेला भट्टराईले भारतस्थित नेपाली दूतावासमा कार्यरत कर्मचारीहरूलाई पुरुषोत्तम दाहाल एउटा व्यक्ति मात्र नभई राष्ट्र नै भएकोले कागजपत्रमा नअल्मल्याउन अनुरोध गरेका थिए ।

यत्ति भएपछि कागज त बन्यो, तर एक महिनासम्मको शारीरिक दुःख कम सकसपूर्ण थिएन । ‘एक महिनासम्म रगत झिक्ने, परीक्षण गर्ने मात्रै काम हुँदो रहेछ,’ उनले हाँस्दै भनिन्, ‘धेरै रगत तानेको भएर होला एक दिन त रगत नै आएन ।’ 

साह्रै कष्टपूर्ण अवस्थामा मामालाई कलेजो दान गरेकी उनलाई अहिले चाहिँ निकै खुशी लाग्छ । ‘अहिले मामाले मलाई तिमी त मेरो आमा हौ भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘मामाले दोस्रो जन्म पाएको अनुभव गर्नुभएको छ ।’

शान्ताले ४५ वर्षको उमेरमा ६० वर्ष काटेका आफ्ना मामालाई कलेजो दान गरेकी थिइन् । ‘उक्त अप्रेसनपछि डाक्टरले मामाको आयु तीनवर्ष मात्रै तोकेको थियो,’ उनले भनिन्, ‘तर अहिले पाँच वर्ष बितिसक्दा पनि मामा ठीकै हुनुहुन्छ, भलै अहिले चाहिँ अलि कमजोर भएको महसूस गर्नुभएको छ ।’

कलेजो दान दिने व्यक्तिले लाखौं रुपैयाँ लिने गरेको दृष्टान्त भएपनि शान्ताले मामासँगबाट एक रुपैयाँ पनि नलिई कलेजो दान गरेकी थिइन् । 

अहिले चाहिँ चिसोको कारणले अप्रेसन गरेको ठाउँमा दुख्ने गरेको उनी सुनाउँछिन् । 

‘हरेक वर्ष परीक्षणको लागि मेदान्त जाने गरेकी छु,’ उनले भनिन, ‘शुरुशुरुमा त साह्रै नै गाह्रो भयो, तर अहिले पहिले जस्तो चाहिँ छैन ।’

शान्तालाई भारतमा २७ जना डाक्टरहरूले एकैठाउँमा जम्मा भएर सोधेका थिए, ‘कलेजो किन दिन चाहन्छौ रु आफ्नो परिवारको माया लाग्दैन रु’ 

तर शान्ताले आफूलाई केही नहुने कुरामा डाक्टरलाई ढुक्क हुन अनुरोध गरेकी थिइन् । ‘मेरो मामाले कति धेरैको ज्यान बचाउनुभएको छ, त्यसैले म पनि उहाँलाई बचाउन चाहन्छु,’ शान्ताले त्यसबेला डाक्टरलाई भनेकी थिइन्, ‘उहाँले फेरि पनि कसैलाई बचाउनुहुन्छ नि ।’

यो सुनेपछि डाक्टरहरूले एकमुख लगाएर ‘यु आर अ ग्रेट लेडी’ ९तपाईं महान् महिला हुनुहुन्छ० भनेका थिए ।
बर्दिया माइती भएकी शान्ताले ओखलढुंगाका सामान्य परिवारका पत्रकार पुरुषोत्तमसँग विवाह गरेकी हुन् । उनका अनुसार सामान्य परिवारका आफूहरू र हुने खाने परिवारका मामाका बीचमा कलेजो दान गर्नुपूर्व खासै आउजाउ पनि थिएन ।

‘हामी सडकछाप जस्तै थियौं, उहाँहरू सम्पन्न हुनुहुन्थ्यो,’ उनले ती पुराना दिन सम्झँदै भनिन्, ‘गरीबको गरीबसँगै संगत हुने, धनीको धनीसँगै ।’ 

खै, कताबाट आँट आयो कुन्नि, शान्ताले मामाका लागि कलेजो दान दिइन् । ‘मैले मामाको ज्यान बचाएँ, त्यसैमा सन्तुष्ट छु,’ उनी भन्छिन्, ‘मेरा श्रीमान् त तिमीले केही दानपुण्य गर्नुपर्दैन, अहिले नै तिमी देवी हौ भन्नुहुन्छ ।’ 
पहिला दुःख पाएको भएपनि अहिले चाहिँ शान्ताको अवस्था सामान्य छ । अप्रेसन गरेको ठाउँमा दुखेपनि आफू लगभग सामान्य भएको उनले बताइन् । ‘चिसोमा यसो चरक्क दुख्छ, नत्र सबै ठीकै छ,’ उनी भन्छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x