चैत ९, २०७९
काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।&n...
काठमाडौं, — सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् ।
नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ ।
नङमा कुनै विकार वा आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत भइहाल्नुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ ।
नङवरिपरिको छाला रातो भएमा संक्रमण त्यसको कारण हुन सक्छ ।
नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।
नङको फेदमा अर्धचन्द्र हुन्छ । यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगतको कमी भएको संकेत हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी–१२ को कमीको पनि संकेत दिन्छ ।
नङ अत्यधिक सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्रमण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको समस्याको संकेत हो ।
नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।
नङलाई स्वस्थ राख्न यी उपाय अपनाउनुस् :
दाल र तरकारीमा भएको भिटामिन बी–७ ले नङको कमजोरी भगाउँछ ।
नङ नियमित सफा गर्नुस् र जैतूनको तेलले हल्का मसाज गर्नुस् ।
दुग्धजन्य पदार्थमा प्रचूर मात्रामा पोटेसियम, फस्फोरस र भिटामिन ए हुन्छ । यो खाएर नङको स्वास्थ्य बढाउँछन् ।
मनतातो पानीमा कागती र ग्लिसरिन हाल्नुस् अनि त्यसमा हात डुबाउनुस् ।
समयसमयमा म्यानिक्योर, ट्रिमिङ र शेपिङ गर्नुस् ।
एजेन्सी
काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।&n...
नेपालीलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले मद्दत गर्छ । बट्टामा खाँदिएको अचार बजारमा सजिलै पाइन्छ । तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यम...
टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन्। यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषध...
काठमाडौं — कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ । लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रो...
मानव शरीरका विषयमा हामीहरूले अनेक किसिमका भ्रम पालिरहेका हुन्छौं । यहाँ हामी त्यस्ता आठवटा भ्रमका बारेमा कुरा गर्नेछौं । दिमागको उपयोग हामीले दिमागको जम्मा १० प्रतिशत मात्र उपयोग गर्छौं भन्ने कुरा ग...
नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...