२६ जेठ २०८३, मंगलबार

बल टेम्परिङ्गमा स्मिथ र वार्नरलाई हुन सक्छ आजीवन प्रतिबन्ध ?

बल टेम्परिङ्गमा स्मिथ र वार्नरलाई हुन सक्छ आजीवन प्रतिबन्ध ?

काठमाडौं, १२ चैत–अस्ट्रेलियाका कप्तान स्टीभन स्मिथ र उपकप्तान डेविड वार्नरमाथि बल टेम्परिङ्ग घटनाका विषयमा अहिले अनुसन्धान जारी छ । दक्षिण अफ्रिकासँगको अन्तिम टेस्टमा बल टेम्परिङ्ग गरेपछि उनीहरु निलम्बनमा परेका छन् । 

अस्ट्रेलियाका उच्च अधिकारीहरुले घटनाप्रति दुःख व्यक्त गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुलले घटनाका सम्बन्धमा दुःख व्यक्त गरेका छन् । यस्तै अस्ट्रेलियाली क्रिकेटका प्रमुख कार्यकारी अधिकृत जेम्स सदरल्याण्डले सार्वजनिक रुपमा माफी मागेका छन् । 

अस्ट्रेलियाले घटनाका सम्बन्धमा अनुसन्धान गरिहेको छ भने उनीहरुमाथि अस्ट्रेलियाको आचार संहिता अनुसार आजीवन प्रतिबन्ध लाग्न सक्ने खबर आएका छन् ।

अस्ट्रेलियाका खेलाडी क्यामरन बेनक्राफ्टले दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको क्रममा बल टेम्परिङ्ग अर्थात बलमा केही गडबडी गरेको स्वीकार गरिसकेका छन् । 

टेलिभिजन फुटेजमा बेनक्राफ्टले बल चम्किलो बनाउनु पहिले खल्तीबाट केही निकाल्दै गरेको देखिएको थियो । बेनक्राफ्टले त्यो पहेँलो टेप रहेको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्