२६ जेठ २०८३, मंगलबार

नेपाल भारत सीमाको दशगजामा नेपाली युवाको हत्या, प्रहरी भन्छ–हत्याको कारण लागुऔषध

चैत १२, २०७४
नेपाल भारत सीमाको दशगजामा नेपाली युवाको हत्या, प्रहरी भन्छ–हत्याको कारण लागुऔषध

विराटनगर १२ चैत– नेपाल भारत सीमाक्षेत्र जोगवनीमा एक नेपालीको छुरा प्रहारबाट हत्या भएको छ ।

इटहरी १०  शिवनारायण टोलमा बस्दै आएका ४५ वर्षीया कृष्णबहादुर सुनवारको छुरा प्रहारका कारण मृत्यु भएको हो । 

नेपाल–भारत सीमा क्षेत्र जोगवनी–रानी बोर्डर नजिकै रहेको दशगजा क्षेत्रभित्र प्रवेश गरी भारतीय युवाहरुले सुनवारलाई छुरा प्रहार गरी हत्या गरेको बताईएको छ ।

इटहरीबाट जोगबनीको टिकुलिया बस्तीमा लागुऔषध सेवन गर्न  गएका सुनावार र भारतीय युवाहरुबीच आपसी विवाद हुँदा  घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले आइतबार दिउँसो घटना भएको जानकारी दिए । 

‘इटहरीबाट लागुऔषध सेवन गर्न आएका सुनवार र भारतीयहरुबीच एक आपसमा  कुरा नमिल्दा झगडा भएको देखिन्छ, उनले भने, ‘सुनवारमाथि जोगबनीको टिकुलिया बस्तीमा छुरा प्रहार भएको हो ।’

उनीलाई टिकुलियामा छुरा प्रहार गरेको भएपनि आफ्नो ज्यानको सुरक्षा गर्दै नेपाल–भारत दशजगा प्रवेश गरेको र त्यहाँ पुनःदक्षिण गेटको बस्ती नजिकै दशगजामा  सुनवार माथी हमला भएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । 

खबर पाए लगत्तै प्रहरीले सुनुवारलाई कोशी अञ्चल अस्पताल लैजाने प्रयास गरेपनि अत्याधिक रक्तश्राव भएर ज्यान गएको हो । अस्पताल पुर्याउँदा डाक्टरले सुनवारलाई मृत घोषणा गरेका थिए ।

सुनवालाई टिकुलिया बस्तीका ३ जना युवाहरुले आक्रमण गरेका थिए । एक जनालाई भारतिय प्रहरीले प्रक्राउ गरीसकेको छ भने दुई जना फरार छन् । सुनवारलाई युवाहरुले खुट्टाको नलि , तिग्रा र नसाहरुमा छुरा प्रहार गरेका कारण अत्याधिक रगत बगेको कारण मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुनवारको शरिरलाई पोष्टमार्टकोलागि अहिले कोशी अञ्चल अस्पतालमा राखिएको छ । थप यस विषयमा अनुसान्धान भईरहेको र कानुनी प्रकृया पुरा गरी सुनवारको शव आफन्तलाई जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

मृतककी श्रीमती सावित्रा सुनवारले आफ्नो श्रीमानले कहिल्यै  लागुऔषध सेवन नगरेको प्रतिक्रिया दिइन् । 

सिमावर्ती क्षेत्रमा भएको यो घटनाले सिमा क्षेत्रका नेपालीलाई त्रसित बनाएकोे छ । प्रहरीले लागू औषधको बिषयमा विवाद भएको जनाई रहँदा मृतककी श्रीमतीले आफ्नो श्रीमानले लागू औषध सेवन नै नगर्ने भनेर प्रतिक्रिया दिनुले घटना थप संकास्पद देखिएको छ । हत्याको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्