×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

आधुनिकताको नाममा च्यातिएका कपडा लगाउनु अशुभ, जीवनको लक्ष्य प्राप्तिमा बाधक

काठमाडाैं | मंसिर १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वान्हरूले बताएका छन् । हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ । यस्ता कपडा उत्पादन गर्ने क्रममैै च्यातेर, कोतरेर, क्षतविक्षत बनाउने गरिएको छ । यस्ता कपडाको माग बढेसँगै उद्योगी र व्यापारीले पनि यस्तो कपडाको उत्पादन र आयात बढाएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई च्यातिएको वस्त्र लगाउनु अशुभ हुने बताउनुहुन्छ । यस्ता कपडा लगाउँदा जीवनको लक्ष्य र उद्देश्य प्राप्तिमा स्वतः बाधक बन्ने उहाँको विश्लेषण छ । भट्टराई भन्नुहुन्छ, “च्यातिएका पोशाक लगाउनेहरु लक्ष्यमा पुग्न सक्दैनन् ।”

मुसाले काटेका कपडासमेत लगाउन नहुने शास्त्रीय मान्यता रहेको उल्लेख गर्दै उहा जोड दिनुुहन्छ, “जसले च्यातिएका कपडा लगाउँछ, उसको भविष्य कमजोर हुन्छ ।” यसका अतिरिक्त छोटो र शरीरका अंग देखिने गरी च्यातिएका कपडा लगाउँदा विपरीतलिंगीहरुको आकर्षण बढ्ने र यसले समग्र जीवनमा नकारात्मक प्रभावसमेत पार्ने हुँदा शरीरका अंग प्रत्यांग छोपेर हिँड्नुपर्ने उहाँको भनाइ छ ।


Advertisment
cg elex island
Saurya island

नेपाल ज्योतिष परिषद्का केन्द्रीय सल्लाहकार डा दण्डपाणि उपाध्याय अर्याल टुटेफुटेका, भाँडाकुँडा, घरमा राखेमा जुन ढंगको अशुभ हुन्छ भन्ने धार्मिक मान्यता छ, च्यातिएका कपडा लगाउँदा पनि त्यस्तै अशुभ हुने बताउनुहुन्छ ।

अर्याल भन्नुहुन्छ, “च्यातिएका कपडा लगाएमा छुद्रता, दुष्टता, दरिद्रतातर्फ उन्मुख गराउँछ ।” यस्ता कपडा लगाउने व्यक्तिलाई ऐश्वर्य र वैभव प्राप्त नहुनेमा जोड दिंदै उहाँ भन्नुहुन्छ, “यस्ता व्यक्तिले जति कमाउँछन्, उति नोक्सान गर्दै जान्छन् । क्षति र खती बढी हुन्छ ।”

Vianet communication
IME BANK INNEWS

संस्कृतका विद्वान् डा गुरुप्रसाद सुवेदी च्यातिएका कपडाले अमंगल र कल्याण नहुने शास्त्रीय मान्यता रहेको बताउनुहुन्छ । आगो लागेका, प्वाल परेका र च्यातिएका कपडालाई पूजापाठमा समेत प्रयोग गर्न नमिल्ने चर्चा गर्दै उहाँ भन्नुहुन्छ, “कपडा भनेको सम्मान र इज्जतको प्रतीक हो । जस्तो कपडा लगाउँछ, यसको जीवनचर्या त्यस्तै हुन्छ ।”

धर्मशास्त्रमा फाटे टुटेका नलगाउनु भन्ने स्पष्ट निर्देशन रहेकाले पनि शास्त्रीय मान्यताअनुसार च्यातिएका, फाटेका र फटाइएका पोशाक लगाउने व्यक्तिको व्यक्तित्व र भविष्य पनि त्यस्तै जीर्ण बन्नेमा उहाँ जोड दिँदै उहाँ बताउनुहुन्छ, “च्यातिएका पोशाक लगाउने व्यक्ति प्रगतिशील, निर्वाणात्मक दिशातर्फ उन्मुख नभएर क्षतविक्षत, जीर्णशीर्ण अवस्थामा जाँदैछ भन्ने संकेत मिल्छ ।”

लेखक लक्ष्मण भण्डारी समाजले रुचाउने पोशाक लगाउनु पर्छ तर एकाएक गरिने परिवर्तन समाजका लागि पाच्य नहुने बताउनुुहन्छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १६, २०७९

विक्रम संवत् २०८० सालको पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । ग्रह पद विभाजन अनुसार राजा बुध र मन्त्री शुक्र भएको विक्रम संवत् २०८० सालको पात्रो सार्वजनिक हुने क्रम शुरू भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समित...

माघ १६, २०७९

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको डाक्टरहरुको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार  ४७.२१ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।  माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलत...

माघ १५, २०७९

मधेस प्रदेशमा कुष्ठरोगीको सङ्ख्या अत्यधिक रहेको देखिएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार जनकपुरधाममा सामाजिक विकास मन्त्रालयमातहतको स्वास्थ्य निर्देशनालयद्वारा आयोजित एक कार्यक्रममा कुष्ठरोगी अत्यधिक ...

माघ १५, २०७९

उच्च मानसिक तनाव अर्थात् डिप्रेसनले व्यक्तिलाई अनेक प्रकारबाट क्षति पुर्याउँछ । यसका कारण शरीरमा पित्त, कफ तथा वाथको सन्तुलन बिग्रिन जान्छ ।  यसको अतिरिक्त एलर्जी, अस्थमा, उच्च कोलेस्ट्रोल तथा आइपरटेन्शन जस्ता ...

माघ १५, २०७९

नेपालमै  पहिलो पटक अत्याधुनिक रोबोटेक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको ...

माघ १५, २०७९

काठमाडौं — अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स नि...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x