जेठ १७, २०८०
वैदिक सनातन धर्मावलम्बीले आज बुधवार आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोप...
१. नमस्कारको चलन
हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ ।
तर वैज्ञानिक रूपमा भन्नुपर्दा दुवै हात जोड्नाले सबै औंलाका टुप्पा जोडिन पुग्छन् र तिनले आँखा, कान र दिमागका चाप विन्दुहरूलाई जनाउँछन् । ती सबैलाई एकैचोटि दबाउँदा चाप विन्दुहरू सक्रिय हुन्छन् जसका कारण हामीले अभिवादन गरिएको व्यक्तिलाई लामो समयसम्म सम्झन मद्दत पुग्छ । अनि कुनै शारीरिक सम्पर्क नभएकाले कीटाणु सर्ने पनि भएन ।
२. महिलाले गोडाका औंलामा औंठी लगाउने चलन
भारतीय हिन्दु महिलाहरूले आफ्नो गोडाको औंलामा औंठी लगाउने गर्छन् । यो विवाहिता महिलाको विशेषता मात्र नभएर यसका पछाडि वैज्ञानिक कारण पनि छ । सामान्यतया औंलाका औंठी दोस्रो औंलामा लगाइन्छ । दोस्रो औंलामा रहेको एक विशेष नसाले गर्भाशयलाई जोड्छ र त्यो मुटुमा पुग्छ ।
यो औंलामा औंठी लगाउँदा गर्भाशय मजबुत हुन्छ । यसले रक्तप्रवाहलाई नियमित गरेर स्वस्थ बनाउँछ र महिनावारीलाई नियमित बनाउँछ । यो औंठी चाँदीको हुने हुनाले यसले पृथिवीबाट ध्रुवीय ऊर्जालाई सोस्छ र शरीरमा पठाउँछ ।
३. नदीमा सिक्का फाल्ने चलन
नदीमा सिक्का फाल्दा सौभाग्य प्राप्त हुन्छ भन्ने कारण प्रायः दिइन्छ । तर वैज्ञानिक तवरले भन्नुपर्दा प्राचीन समयमा प्रयोग गरिने अधिकांश मुद्राहरू तामाबाट बनेका हुन्थे, अहिलेको जस्तो स्टिलबाट हैन । तामा मानव शरीरका लागि अत्यन्त उपयोगी धातु हो ।
पहिले नदी मात्र जलको स्रोत भएकाले पानी पिउँदा हाम्रो शरीरले पर्याप्त मात्रामा तामा पनि लिन सकोस् भनी सुनिश्चित गर्नका लागि हाम्रा पुर्खाले तामा फाल्न लगाएका हुन् । यो अभ्यास पालन गरून् भनी सुनिश्चित गर्नका लागि यसलाई परम्परा नै बनाइएको हो ।
४. निधारमा ‘तिलक’ लगाउने चलन
निधारमा दुई आँखीभौंको बीचमा रहेको थलोलाई प्राचीनकालदेखि नै मानव शरीरको प्रमुख स्नायुविन्दुका रूपमा लिइन्थ्यो । ऊर्जाको क्षय रोक्नका लागि तिलकको महत्व रहेको विश्वास गरिन्छ ।
आँखीभौंका बीचमा रातो ‘कुमकुम’ लगाउँदा मानव शरीरमा ऊर्जा कायम राख्न मद्दत पुग्छ र ध्यानका विविध तहलाई नियन्त्रण गर्न सकिन्छ ।
आँखीभौंको मध्यको भाग र आद्यचक्रमा कुमकुम लगाउँदा ती स्वतः थिचिन्छन् । यसले अनुहारका मांसपेशीमा रक्तप्रवाहलाई बढाउँछन् ।
५. मन्दिरमा घन्टी राख्ने चलन
मन्दिरमा दर्शन गर्न आउने मानिसले गर्भगृह, भन्नाले मूर्ति राखेको ठाउँ, मा प्रवेश गर्नुअघि घन्टी बजाउँछन्, बजाउनुपर्छ । आगमशास्त्रका अनुसार घन्टीकोले पाप शक्तिहरूलाई भगाउँछ भने भगवानलाई घन्टीको आवाज सुमधुर लाग्छ । तर यसको वैज्ञानिक कारणका बारेमा कुरा गर्नुपर्दा घन्टीको ध्वनिले हाम्रो मनलई सफा पारेर हामीलाई जागरुक बनाउन तथा भक्तिको उद्देश्यपूर्तिका लागि पूर्ण ध्यान दिन मद्दत गर्छ ।
यी घन्टीहरू यसरी बनाइएका हुन्छन् कि तिनले ध्वनि निकाल्दा तीखो र लामो आवाज सुनिन्छ जुन प्रतिध्वनिको अवस्थामा कम्तीमा सात सेकेन्डसम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ । यसले हाम्रो दिमागबाट सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ ।
६. मसलापछि मिठाइ खाने चलन
हाम्रो भोजन अलिक मसलादार खानेकुराबाट शुरु गरेर अन्त्य चाहिँ गुलियो खानेकुराबाट गर्नुपर्छ भनी हाम्रा पूर्खाले जोड दिएका छन् । यस्तो भोजन व्यवहारको महत्व भनेको मसलादार खानेकुराले पाचन रस र अम्लहरूलाई सक्रिय बनाउँछ र पाचन प्रक्रिया सुचारु चलोस् भनी सुनिश्चित गर्छ भने मिठाइ वा कार्बोहाइड्रेटले पाचन प्रक्रियालाई घटाउँछ । त्यसैले मिठाइ जहिलेपनि अन्तिम वस्तुका रूपमा ग्रहण गर्न सिफारिस गरिन्छ ।
७. हात र गोडामा मेहेन्दी/हीना लगाउने चलन
हातमा रंग लगाउनुका अलावा मेहेन्दी एक अत्यन्त शक्तिशाली औषधीय जडीबुटी हो । विवाह प्रक्रिया तनावयुक्त हुन्छन् र प्रायः तनावले टाउको दुख्ने र ज्वरो फुटाउने काम गर्छन् । विवाहको दिन नजिकिँदै गर्दा उत्सुकताका साथ मिसिएको तनावयुक्त पर्खाइले दुलाहा र दुलही दुवैलाई असर पार्छ । मेहेन्दी लगाउँदा अत्यधिक तनावलाई रोकथाम गर्छ किनकि यसले शरीरलाई चिस्याउँछ र नसालाई तनावयुक्त हुन दिँदैन । यही कारणले गर्दा मेहेन्दी हात र गोडाहरूमा लगाइन्छ जहाँ शरीरका नसाका टुप्पाहरू विद्यमान हुन्छन् ।
८. भुइँमा बसेर खाने चलन
भुइँमा बसेर खाने यो परम्परा मात्र होइन । यसलाई त सुखासनमा बस्ने अनि खाने रूपमा लिइन्छ । सुखासन हामीले प्रायः योग आसनका लागि प्रयोग गर्छौं ।
तपाईं भुइँमा बस्नुहुँदा प्रायः गोडा मारेर बस्नुहुन्छ : सुखासन वा अर्धपद्मासन । यी आसनले तत्कालै शान्तिको अनुभूति दिलाउँछन् र पाचनमा मद्दत पु¥याउँछन् । यिनले स्वतःस्फुर्त रूपमा पेटलाई पाचन प्रक्रियामा जानका लागि तपाईंको दिमागलाई संकेत दिन्छन् ।
९.उत्तरतर्फ टाउको फर्काएर सुत्नुहुन्न भन्ने विश्वास
भन्न त यसो गर्दा भूत वा मृत्युलाई डाक्ने काम हुन्छ भनिन्छ तर यसो किन गरिन्छ भने मानव शरीरको आफ्नै चुम्बकीय क्षेत्र हुन्छ (जसलाई रक्तप्रवाहका कारण मुटुको चुम्बकीय क्षेत्र भनिन्छ) र पृथिवी एक विशाल चुम्बक हो । हामी उत्त।तिर टाउको फर्काएर सुत्दा हाम्रो शरीरको चुम्बकीय क्षेत्र पृथिवीको चुम्बकीय क्षेत्रसँग पटक्कै तालमेल खाँदैन ।
त्यसले रक्तचाप सम्बन्धी समस्या निम्त्याउँछ र हाम्रो मुटुले चुम्बकीय क्षेत्रहरूको यो बेमेलमाथि विजय पाउन बढी मेहनत गर्नुपर्ने हुन्छ । योबाहेक पनि हाम्रो शरीरमा बग्ने रगतमा उल्लेख्य मात्रामा फलाम पाइन्छ । अनि यसरी उत्तर फर्किएर सुत्दा शरीरभर फैलिएको फलाम दिमागमा जम्मा हुन थाल्छ । यसले टाउको दुख्ने, विस्मरण रोग लाग्ने, ज्ञानको घटी, पार्किन्सन रोग र दिमाग बिग्रदै जाने समस्या आउँछ ।
१०. कान छेड्ने चलन
कान छेड्नुको भारतवर्षीय संस्कारमा ठूलो महत्व छ । भारतीय चिकित्सक तथा दार्शनिकहरूले कान छेड्दा विद्वत्ता, सोच्ने शक्ति तथा निर्णय लिने क्षमताको विकासमा मद्दत गर्छ ।
धेर बोल्दा जीवन ऊर्जा हराउँदै जान्छ । कान छेड्नाले बोली नियन्त्रणमा मद्दत पुग्छ । यसले अस्वाभाविक व्यवहार घटाउन मद्दत गर्छ र कानका च्यानलहरू विकारमुक्त हुन्छन् । यो विचारले पश्चिमी जगतलाई समेत आकर्षण गरेको छ, त्यसैले पश्चिमाहरू पनि फेसनकै लागि भएपनि सुन्दर इयररिङ लगाउनका लागि कान छेड्न थालेका छन् ।
स्रोत : देसिनेमा
वैदिक सनातन धर्मावलम्बीले आज बुधवार आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोप...
पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि शुक्रवारदेखि ७ दिने कालिका महापुराण पनि शुरू भएको छ ।...
काभ्रेपलाञ्चोकको पनौतीमा शुक्रवार जेष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) शुरू भएको छ । ३ दिन पूर्णिमाको रात रहुन्जेल स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरा...
दशवटा टाउको भएको अनि बीसवटा हात भएको रावण हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक हो । हिन्दू परम्परा अनुसार आफ्ना भावनाहरूलाई नियन्त्रणमा राखेर प्रज्ञाको उपयोग गर्दा सर्वोच्चता हासिल गर्न सकिन्छ । त्यसैले राजा ...
मिथिला क्षेत्रका महोत्तरी सहितका जिल्लामा आज बुधवार धार्मिक र औषधीय गुणयुक्त वनस्पति तुलसीको बीज छर्दै निर्जला एकादशी पर्व मनाइँदैछ । जेष्ठ शुक्ल एकादशीमा तुलसीको बीउ छरेर पानी समेत नखाई व्रत गर्ने परम्पराअनुस...
सुख शान्तिका लागि तपाईंको व्यवहार राम्रो हुनुका साथै घरको वास्तु मिलेकाे हुनु जरुरी हुन्छ । घरमा वास्तुका कारण पनि अनेक समस्या उत्पन्न हुने गर्छन् । घर बनाउनुभन्दा अगाडि वास्तुका अनुसार नापनक्शा गर्नु पर्छ । घर डि...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...