फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
भर्खरै विश्व खुसी प्रतिवेदन- २०१८ सार्वजनिक भयो । एसडीएसएनको यो प्रतिवेदनले नेपालीलाई पहिले वर्षको तुलनामा कम खुसी भएको देखायो । प्रश्न यो उठ्छ, किन नेपाल/नेपालीको खुसीमा कमी आइरहेको छ ?
लामो समयको राजनीतिक संक्रमणकाल टुगिंएको छ । मुलुक समृद्धि र विकासको दिशातर्फ उन्मुख छ । देश संघीय राज्यतर्फ बामे सरिरहेको छ । रोजगारीका आयाम थपिँदा छन् । पहिले/पहिले वर्षको तुलनामा शान्तिपूर्वक आम नेपालीका दिनहरू कटिरहेकै छन् । खैर, वैदेशिक पलायन उँभो लागेको लाग्यै छ । नेपालआमाका सन्तान खाडी तथा अन्यत्र देशमा कडा र असुरक्षित श्रममा छन् । भ्रष्टाचार र अनिमियताले थलिएका छौं ।
दुर्गम तथा नेपालका केही भेगमा औषधि, लत्ताकपडा, उचित आवासलगायत सामान्य आधारभूत आवश्यकता पनि मान्छेले राम्रोसँग उपभोग गर्न पाइरहेका छैनन् । यीबाहेक खुसीको ग्राफ घट्नै पर्ने त्यस्ता धेरै कारण देखिँदैनन् । तर, प्रतिवेदनले यसो भन्दैन । हामी खुसीमा पछाडि नै छौं र घट्दो छौं ।
व्यक्तिमा रहेको खुसी परिवार, समाज तथा देशमा फैलियो भने त्यसको सार्थकता रहन्छ । सीमित सीमामा मात्रै घेरिन थाल्यो भने त्यसले समग्रतामा प्रभाव छोड्न सक्दैन । नेपालमा पनि धेरै खुसीमै बाँचिरहेका छन् तर अक्सर नेपाली अभाव र पीडामा रुमल्लिरहदाँ त्यो सीमित बनेर रहेको खुसीको सार्थकता छायामा परेको छ । यसर्थ पनि सबै खुसी बन्नै पर्ने सन्देश यसले दिन खोजेको छ । देश खुसी हुनका लागि व्यक्तिबाट खुसीको बहार चल्नुपर्छ । तर मान्छे खुसीमा बाँच्न सकिरहेको छैन, किन ?
आशाका किरणले उर्जा भरेर मान्छेको मनमा नबसेसम्म सम्भावनाले मात्रै खुसीको अंशमा फेरबदल ल्याउन सक्दैन । सम्भावनामा यथार्थ नजिक हुनैपर्छ । यसले मात्र मान्छेको मस्तिष्कमा खुसीका बिज रोपाउन सक्छ । जब मान्छे खुसीका सामान्य मान्यताबाट पनि आफूलाई टाढा रहेको ठान्छ, त्यहिबाट समस्या सिर्जना हुन थाल्छ ।
संसारमा कोही प्राणी पनि सुखसयलले जीवन गुजारिरहेका छैनन् । यो अकाट्य तथ्य हो । “बाँच्नको लागि संघर्ष” आवश्यक, भनेर डार्बिनले उजागर गरेको पनि वर्षौं भैसक्यो । त्यसैले पनि यसलाई आत्मसाथ गर्दे जीवनलाई अगाडि बढाउनै पर्छ । संघर्षविनाको जीवन, जीवन होइन । यो त केवल आत्मरतिमा मात्रै रमाउने विषय हो ।
“मान्छे जब आफूलाई समाल्न सक्दैन तब उसका चेतहरू नराम्रा र भ्रमित कुराले भरिन थाल्छन् । भरिएका भ्रमित कुराले तथ्यभन्दा टाढा धकेलिदिन्छन् । मान्छे महत्वकांक्षी छ । आवश्यकता कहिल्लै पूरा भएको अनुभूत नगर्दै आफ्नो जीवनको लिकबाट ऊ सदाका लागि बाहिरिन्छ । यी र यस्ता तथ्यको जबसम्म राम्ररी हेक्का रहँंदैन, मान्छे असन्तोषको पोकामा रहेर कहिल्लै सन्तुष्टको सास फेर्न सक्दैन ।”
मान्छे जीवनयापनको रेसमा दौडिरहँदा धर्तीका अनेक सजिव, निर्जीवसँग आत्मियता गाँसिन्छ । यसरी गाँसिन आइपुग्ने कति धेरैले जिवनको अन्तिम साससम्म पनि उर्जा दिइरहन्छन् । बाँच्नको लागि प्रेरणाको पर्याय ठहरिन्छन् । तर सबै प्रियताको लायकमा रहँदैनन् । जो अटाउन सक्दैनन्, यीनले काँडा बनेर घोच्छन् । बेखुसी बनाइदिन्छन् ।
जीवन सुन्दर छ । यही सुन्दर जीवन कसैकालागि भने कुरूप लाग्छ । खुसीका अनेक बाहनाको खोजीमा मान्छेले जीवनका धेरै सुवर्णमयकाल गुजारिरहेको हुन्छ, तर आफैँमा रहेको वास्तविक खुसीका छालहरूको भेउ भने पाउन सक्दैन । दुःखले च्यापेपछि खुसी तल झर्छ । पर सर्छ । तल र पर सरेका, भएका खुसी माथि र वर आएर मस्किन समय लाग्छ ।
कयौं प्रयासहरूले मात्रै पनि खुसीको पोल्टा आफूमा पार्न सकिन्न । मानव जीवनमा खुसीको स्रोत सुख हो । तर सुख आफैमा सजिलो छैन । यसका लागि धैर्य, त्याग, मेहेनत, इमान्दारिता, लगनशिलताजस्ता कुराको जरुर आवश्यकता पर्छ । जीवनलाई प्रेमपूर्ण ग्रहण गर्न सकियो भने खुसी आफैँमा रहन्छ ।
संसार मात्रै जित्नेहरूको होइन । जितमा खुसी त छ तर त्यही सबैथोक होइन । हारमाहारको बोझ नबोकी सहज बन्दै ठीक ढंगले प्रयत्नहरूलाई अगाडि बढाउँदै खुसीको पथमा लम्किरहनै पर्छ । तथ्याङ्कले नेपालमा आत्महत्याको दर सडक दुर्घटनाबाट ज्यान गुमाउनेको भन्दा बढी रहेको देखाएको छ । यो दुखान्त पक्षको एकमात्र कारण खुसी बन्न/रहन नसक्नु नै हो । आर्थिक अवस्था, असफल प्रेम, गम्भीर रोग, सुरक्षा, आत्मसम्मान, पढाइजस्ता उदास र निराशावादी कुराले जीवनको गति लम्बाउन अवरोध गरिरहन्छन्, तर सबैको समाधान छ । विकल्प संसार छोड्नुमा मात्रै छैन ।
“उदासिनता सन्तुलित भएन भने खुसी शब्दले अर्थ गुमाउन्छ ।” स्विस मनौवैज्ञानिका कार्ल जंगको यो भनाइलाई मान्ने हो भने यदि मान्छेले उदासपनलाई सही किसिमले व्यवस्थापन गर्न सकेन भने उसले अँगाल्न खोज्ने खुसीले सहि अर्थमा खुसी दिन सक्दैन । त्यसले केवल देखावटी ओठे हाँसो बनेर भ्रम मात्रै पैदा गर्छ ।
आवेगमा आएर मान्छेले जानीजानी जीवनको इहलिला समाप्त गर्छ । धर्तीमा आफ्नो कतैं अस्तित्व नभेटेपछि अप्रिय बाटो समाउनेहरू त्यसैगरी बढिरहेका छन् । मान्छे जब आफूलाई समाल्न सक्दैन तब उसका चेतहरू नराम्रा र भ्रमित कुराले भरिन थाल्छन् । भरिएका भ्रमित कुराले तथ्यभन्दा टाढा धकेलिदिन्छन् । मान्छे महत्वकांक्षी छ ।
आवश्यकता कहिल्लै पूरा भएको अनुभूत नगर्दे आफ्नो जीवनको लिकबाट उ सदाका लागि बाहिरिन्छ । यि र यस्ता तथ्यको जबसम्म राम्ररी हेक्का रहँंदैन मान्छे असन्तोषको पोकामा रहेर कहिल्लै सन्तुष्टको सास फेर्न सक्दैन । बरु थप तनाव र पीडाले गुम्साइरहन्छ, अल्झाइरहन्छ र बिझाइरहन्छ ।
“बाल्यकालमा खेल्न र राम्रो लगाउन पाए खुसी भेट्छ मान्छे । किशोरवस्थामा मन लागेको गर्न पाए । यूवावस्थामा सोचेजस्तो लयमा जिन्दगी घुमाउन पाए । प्रौढवस्थामा सुख सयलले परिवारमा रम्न पाए । र, वृद्धवस्थामा अतितमा रोमान्चित बन्दै सहज मृत्युवरण गर्न पाए ।”
समयचक्र अनुसार खुसी रहने कुरा भिन्न बनिदिन्छन् । बाल्यकालमा खेल्न र राम्रो लगाउन पाए खुसी भेट्छ मान्छे । किशोरवस्थामा मन लागेको गर्न पाए । यूवावस्थामा सोचेजस्तो लयमा जिन्दगी घुमाउन पाए । प्रौढवस्थामा सुख सयलले परिवारमा रम्न पाए । र, वृद्धवस्थामा अतितमा रोमान्चित बन्दै सहज मृत्युवरण गर्न पाए ।
मान्छे हत्तपत्त खुसी हुन नसक्ने प्राणी हो, भलै यो सबैमा लागू नहुन सक्छ । सबै मान्छेको ध्येय खुसीकै आपूर्तीमा बित्छ । मृत्युसम्म पुग्नु सबैको साझा अन्तिम गन्तव्य हो । यसबिच मान्छेपिच्छै फरक फरक इच्छा र चाहनामा गन्तव्य निर्धारित हुन्छन् । भलै कमैले मात्रै आफ्नो चाहना अनुरूप जिन्दगीको रेखा डोर्याउन सफल हुन्छन् ।
खुसीको रस बढि लिन्छन् । फरक छैन, खुसी लिने र दिनेमा यो त आफूले अनुभूत गर्ने कुरा हो ।
“पीडा दिने अतित बिर्सनुपर्छ । उज्वल भविष्यको कल्पना र धेरै अंशको पूर्णतामा विश्वस्त बन्दै ठिक ढंगले औचित्यपूर्ण कर्ममा लाग्नुपर्छ । यो भयो भने मात्र उपादेयता दीर्घकालिन भएर रहन सक्छ । मक्किएर रहेका खुसीमा जीवन्तता भेटिन्छ । त्यसैले पनि खुसी वरीपरी छ, नजिकै छ र आफैँमा छ ।”
समय र आवश्यकताले खुसी हुनु र नहुनुमा अर्थ राख्छ । मान्छेको स्वभावले उसैगरी । जस्तोसुकै दुःखमा पनि मानिस खुसीको खातिर नडगमगाई उखबखडमा राम्रैसँग हेलिएर खुसी समाउने प्रयत्नमा रहनुपर्छ । पीडा दिने अतित बिर्सनुपर्छ । उज्वल भविष्यको कल्पना र धेरै अंशको पूर्णतामा विश्वस्त बन्दै ठिक ढंगले औचित्यपूर्ण कर्ममा लाग्नुपर्छ । यो भयो भने मात्र उपादेयता दीर्घकालिन भएर रहन सक्छ । मक्किएर रहेका खुसीमा जिवन्तता भेटिन्छ । त्यसैले पनि खुसी वरिपरि छ, नजिकै छ र आफैँमा छ ।
लेखकबाट थप,
१) कति निल्छस् त्रिशूली?
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...