जेठ २१, २०८०
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमा...
कानो, नाइजेरिया, १९ चैत -नाइजेरियाका बोको हराम विद्रोही र सैनिकबीच गएराति भएको भिडन्तमा परी कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।
गएराति गस्तीमा रहेको सेनाको समूहलाई बोको हरामका लडाकूहरुले आक्रमण गरेका थिए । त्यसपछि सेनाले पनि आफ्नो तर्फबाट आक्रामक कारबाही थालेको थियो ।
त्यसमा परी मारिएका १८ जनामा अधिकांश बोको हराम नै रहेका छन् । त्यसमा परी केही सैनिक घाइते भएका बताइएको छ । सेनातर्फ भने कसैको ज्यान नगएको अधिकारीहरुले जनाएका छन् । सैनिक अधिकारीकाअनुसार बोको हराम र सेनाको भिडन्तको बीचमा परेर भाग्ने प्रयत्न गरेका उक्त गाउँका सर्वसाधारण पनि सो दोहोरो आक्रमणमा परी मारिएका छन् ।
यहाँको बोर्नाे राज्यको बालेसुवा र बाले कुर्ना भन्ने दुई गाउँबाट १८ वटा शव बरामद गरिएको सेनाले जनाएको छ । सेनाको विज्ञप्तिका अनुसार उक्त राज्यमा मारिएकामा सोही गाउँका बोको हरामका लडाकू रहेका छन् ।
बोर्नाे राज्यमा बोको हरामको ठूलो बाहुल्यता रहेको बताइन्छ । सोही राज्यबाट नै उनीहरुले आफ्नो संगठन शुरु गरेका पनि बताइएको छ । सोही कारण पनि उनीहरुले उक्त राज्यमा धेरै हिंसात्मक गतिविधिहरु गर्ने गरेका छन् । यहाँको बोको हरामले गरेको आक्रमणका कारण अहिलेसम्ममा कम्तीमा पनि नाइजेरियामा नै २० हजार नागरिकको ज्यान गइसकेको छ ।
नाइजेरियामा बोको हरामले ठूलो हिंसा मच्चाइरहेका छन् । उनीहरुलाई यहाँको राज्यले नै आतंककारी समूहमा राखेको छ । उनीहरुको हिंसाका कारण त्यहाँका लाखौँलाख मानिस विस्थापित भएका छन् । हिंसा अझै रोकिएको छैन । रासस
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमा...
जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस ...
मदकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घरको बीच कोठामा निज वि...
काठमाडौंको भेनस क्लबको पार्किङमा एक जना मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित क्लबको पार्किङमा ढोकाटोलका ५० वर्षीय कालु शाही मृत अवस्थामा फेला परेका हुन् । यस विषयमा थप अनुस...
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन् । आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी...
राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज छुवाछूत मुक्...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...